33.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

११ बर्षिया बालिकाको उद्धार

नौगाड  , कार्तिक २८ ।

सदरमुकाम खलंगा बजारमा अलपत्र परेका ११ बर्षिया बालिकाको प्रहरीले सोमबार राती उद्धार गरेको छ।

नौगाड गाउँपालिका ३ खार घर भएका ११ बर्षिया नारन्ती बडालको प्रहरीले उद्धार गरेको हो।

गाउँबाट काकी नाता पर्ने कौसा ठगुन्नाले आफुसँगै सदरमुकाम खलंगामा कापी–झोला खरिद गर्नको लागि ल्याएका बडाललाई खलंगा बजारमा अलपत्र छोडेकी हुन्।

बंगाबगडमा ४ बजे पुगेका बालिकालाई आफु एकछिन पछि आउने भन्दै सडक छेउमै छोडेर ठगुन्ना गएकी थिईन।

राती १० बजेसम्म पनि बालिका खोज्न ठगुन्ना नआएपछि बालिकालाई प्रहरीले भेट्टाएको थियो। आफन्तसँग आएका बालिका अभिभावक नहुँदा बाटोमै अलपत्र परेको पाइएपछि उद्धार गरि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी नवराज अधिकारीले बताए।

मंशिर १ गते विद्यालय खुल्ने भएपछि कापी र झोला किन्न भन्दै बालिकालाई काकी नाता पर्ने ठगुन्नाले खलंगा ल्याएको बालिका बडालले बताईन्।

यहाँ आइसकेपछि काकी कहाँ गए भन्ने थाहाँ भएन उनले भनिन।

लटिनाथ मावि खारमा कक्षा ५ मा अध्ययन गर्दै आएका बडाल गरिब परिवारमा जन्मिएकी बालिका हुन्।

उनको घरमा चार भाई र तीन बहिनी छन्।

जसमा दाई राजेन्द्र कक्षा ५, दिदी नरुली कक्षा ५ र नारन्ती कक्षा ५ मा लटिनाथ मावि खारमा पढ्दै आएका छन्।

उनका भाई मनबीर कक्षा ३, भाई रोहित कक्षा २ र बहिनी बसन्ती कक्षा १ तथा भरत बडाल शिशु कक्षामा होपरीगाडमा अध्ययन गर्दै आएका छन्।

गरिबीका कारण बुवा भारतमा मजदुरी गर्न गएको बालिकाले बताईन। प्रहरीले उद्धार गरेका बालिकाको लागि झोला, कापी कलम खरिद गरि हस्तान्तरण गरेको छ।

प्रहरीले उद्धार गरिएका बालिकालाई मामा नाता पर्ने शेरसिह बोहरा र काकी नाता पर्ने धाना धामीलाई जिम्मेवारी लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles