30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

नेपाल प्रहरीलाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान

काठमाडौं , कार्तिक २८।

जापानको एसओसीआईओ नामक संस्थाले सूचना तथा प्रविधिको क्षेत्रमा काम गर्ने उत्कृष्ट संस्थालाई प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय अवार्ड नेपाल प्रहरीलाई प्रदान गरेको छ ।

जापानको उक्त संस्थाले ‘डिजिटल गभरमेन्ट अवार्ड २०१८’ नेपाल प्रहरीलाई प्रदान गरेको हो ।

जापानमा कात्तिक २२ मा घोषणा गरिएको अवार्ड बुधबार एसओसीआईओका प्रतिनिधि डेभिट वोङले नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई प्रहरी प्रधान कार्यालयमै पुगेर प्रदान गरेका छन् ।

संस्थाले विभिन्न ४ वटा विधामा अवार्ड प्रदान गरेको थियो ।

सदस्य राष्ट्रहरुबीच आईसीटी इन्डष्ट्रिजलाई प्रवद्र्धन गर्ने उद्देश्यले सो संस्थाले जापानमा सन् १९८४ मा एसओसीआईओको स्थापना गरेको थियो ।

यो संस्थामा एसियन र आइसीटी ओसियइएनबाट १० हजार बढी आइसीटी कम्पनीहरु आवद्ध रहेका छन् ।

एसियन र आइसीटी ओसियइएनबाट नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भारत, जापान, मकाउलगायतका २४ देशका कम्पनीहरु आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles