28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

विराटनगरका मेयर पराजुली दण्ड प्रणाम गर्दै सिंघिया घाटमा

विराटनगर , कार्तिक २७ ।
तराईवासीको महत्वपूर्ण पर्व छठको ब्रत बसेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली दण्ड प्रमाण गर्दे सिंघिया खोलास्थित घाट गएका छन ।

१५ औ पटक तीन किलोमिटर दण्ड प्रमाण गर्दै उनी छठको घाटस्थल सिंघिया खोला गएका हुन । १५ बर्षयता हरेक बर्ष छठ माताको ब्रत बस्दै आएका पराजुलीले १५ औ पटक दण्ड प्रणाम गर्दै सिंगिया नदीमा यसपटकपनि छठको पूजा गर्ने बताए ।

मेयरमा निर्वाचित भएपछि उनको यो दोस्रो छठ पुजा हो । हरेक बर्ष आफुले गर्दै आएको धार्मिक कार्यलाई यो बर्ष पनि निरन्तरता दिएको भीम पराजुलीले जानकारी दिए । धर्म प्रति बढी नै आस्था राख्ने पराजुलीले ब्रत बसी करिब ३ किलो मिटरको दुरी सुतेर चिनो लगाउदै नदीसम्म गएका छन् ।

मेयर पराजुलीले आफ्नो घर छेउमा रहेको शिव पाञ्चायन मन्दिरबाट मंगलवार दिउसो साढे १२ दण्ड प्रणाम गर्दै घाट गएका हुन ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles