26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

विश्वकै उत्कृष्ट पदमार्ग बचाउन तीस बर्ष सम्म सडक नखनिने

पर्वत , कार्तिक २७ ।
बिश्वकै उत्कृष्ट अन्नपुर्ण पदमार्गका धेरै स्थानमा धुले सडक पुगेपछि पर्यटकहरु नाँक थुनेर यात्रा गर्दै आएका छन तर अन्नपुर्ण पदमार्गमा पर्ने झिनु देखि अन्नपुर्ण आधार शिबीर(बेस क्याम्प) सम्मको पदमार्गलाई जोगाई राख्न स्थानियबासीले तीन बर्ष सम्म सडक नखन्ने प्रतिबद्धता जनाएका छन ।

अन्नपुर्ण संरक्षण क्षेत्रमा पर्ने कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ११ मा पर्ने झिनुडाडाँ देखि अन्नपुर्ण बेस क्याम्प सम्मको पदमार्गलाई बचाउन स्थानियले ३० बर्ष सम्म सडक नखन्ने प्रतिबद्धता जनाएका हुन ।

झिनुडाडाँ देखि अन्नपुर्ण बेस क्याम्प सम्मको पदायात्रा दुई देखि तीन दिन सम्ममा पुग्ने र त्यति नै समय लगाएर सोही बाटो फर्कन सकिन्छ ।

‘बिश्वकै उत्कृष्ट पदमार्गलाई बचाई राख्नुपछै भनेर तीस बर्ष सडक नखन्ने निर्णय स्थानियस्तरमा भएको छ’ अन्नपुर्ण गाउँपालिका वडा नं ११ का अध्यक्ष तथा पर्यटन ब्यबसायी हिमबहादुर गुरुङ्ग भन्छन ‘हामीले पदमार्ग नबचाउने हो भने यस क्षेत्रको पर्यटन ब्यबसाय ध्वस्त हुने देखेपछि सडक नखन्ने निधोमा पुगेका हौ’ शुरुमा पोखरा –बागलुङ्ग राजमार्गको नयाँपुल देखि नै शुरु हुने यो पदमार्गमा पर्ने घान्द्रुक उरी गाउँ सम्म सडक पुगेको छ ।

त्यसलाई झिनुडाडाँको फेद सम्म बाहेक माथिल्लो क्षेत्रमा नलैजान सबै स्थानिय सहमत भएको अध्यक्ष गुरुङ्ग बताउँछन ।

मोदीखोलामा जलबिद्युत आयोजना बनाउने प्रर्बद्धकहरुले लोभलालच समेत देखाएर माथिल्लो क्षेत्रमा सडक लैजाने प्रयास गर्दै आएका छन ।

छोम्रोङ्ग भन्दा माथिल्लो क्षेत्रमा सडक पु¥याउन सके सुपर मोदी जलबिद्युत आयोजनाले १ सय १० मेघावाट सम्म बिद्युत उत्पादन गर्न सक्छ तर त्यस भन्दा तलबाट आयोजना बनाएमा ७० मेघावाट सम्म बिद्युत उत्पादन हुन सक्ने बताइन्छ ।

‘सडक खन्नका लागि माथिल्लो तहबाट राजनैतिक दबाब दिने र आर्थिक प्रलोभन देखाउने काम पनि भएको छ’ अध्यक्ष गुरुङ्ग भन्छन ‘हामी पदमार्ग बचाउन कसैको दबाब र प्रभाबमा पर्नेवाला छैनौ ।’

झिनुदेखि छोम्रोङ्ग हुँदै माछापुच्र्छे आधारशिबीर र अन्नपुर्ण आधारशिबीर सम्म ५१ वटा होटल सञ्चालनमा छन । यो रुटमा बर्षमा ३५ हजार भन्दा बढी बिदेशी पर्यटकले पदयात्रा गर्दै आएका छन भने त्यति नै संख्यामा नेपाली पनि पुग्ने गरेका छन ।

झिनुडाँडा देखि माथिल्लो क्षेत्रमा सडक पु¥याउँदा अन्नपुर्ण आधारशिबीर जाने पर्यटकहरु आउन छाड्ने देखेर तीस बर्ष सडक नबनाउने निर्णयमा पुगेको छोम्रुङ्ग पर्यटन ब्यबस्थापन समितिका पुर्व अध्यक्ष इन्द्रमणि शर्मा आचार्य बताउँछन।

‘हामी ब्यबसायीले नै मोटरबाटो लैजाने कुराको प्रतिबाद गर्छौ’ उनले भने ‘कुनैपनि पनि हालतमा पदमार्ग ध्वस्त बनाउने कुरामा साँक्षी बस्दैनौ ।’

अन्नपुर्ण पदयात्रा मार्गमा पर्ने लमजुङ्गको बेसीशहर देखि मनाङ्ग सम्म सडक पुगेको छ भने मुस्ताङ्गको मुक्तिनाथ सम्मै सडक पुगेको छ ।

मुलुकका अन्य पदयात्रा मार्गहरुमा पनि जथाभावी रुपमा सडक खनेपछि पदयात्रा मार्ग छोटिदै गएका छन भने धेरै पदमार्गको अस्तित्व नै समाप्त भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles