26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

हेटौंडा–काठमाडौं चल्ने सुमोको मनपरी: भाडा तोकिएभन्दा दोब्बर, प्रशासन अझै मौन

हेटौंडा , कार्तिक २६ ।

सुमो नपाएर फर्कंदै गरेकी मकवानपुरगढीमा माइती आएकी साबित्री बजगार्इंले भनिन्–भाडा तेब्बर दिने भए गाडी खोजेर पठाइदिन्छु भन्छन्, मसँग त्यति पैसा छैन । काठमाडौं जानुपर्ने, मेरो त बिचल्ली भो ।

भाइटीका सकेर काठमाडौं काममा फर्कन लागेका बागमती गाउँपालिकाका रामबहादुर राई सुमोको टिकट नपाएर हैरान भए ।

विहानभर सुमो काउन्टरमा टिकट बुझ्दासमेत टिकट नपाएपछि उनले सुमोहरुले आफूलाई महंगो रेटमा लाने भए सिट भएको बताए ।

सयौं यात्रुलाई हेटौंडाबाट छोटो दुरीमा चल्ने यातायातका साधनले दैनिक सास्ती दिँदासमेत स्थानीय प्रशासन भने मौन छ ।

चाडपर्वमा समस्यामा परेका यात्रुलाई सेवा दिनुको साटो दैनिकरुपमा खुलेआम ठगीधन्दा चलाउँदासमेत प्रशासन मौन छ भने आँखैअगाडि भएको ठगीको साक्षी बस्दै प्रहरीले पनि ठगहरुको धन्दामा थप टेवा पु¥याएको पीडितको आरोप छ ।

हेटौंडाबाट भीमफेदीहुँदै काठमाडौं चल्ने साना यात्रुबाहक सवारीले प्रत्येक वर्ष चाडपर्वको अवसरमा ठगीधन्दा चलाउने गरेको स्थानीय प्रशासनलाई जानकारी हुँदासमेत यात्रुहरु सधैं ठगिनु पर्दा आमनागरिकले सुशासनको अनुभूति गर्न नाएको नौं सय रुपियाँ तिरेर काठमाडौंबाट तिहार मान्न हेटौंडा आएका उमेश कार्कीको भनाइ छ ।

उनीहरु त प्रतिनिधि पात्रमात्र हुन् । सुमोका दलालको व्रह्मलुटबाट पीडित थुप्रै छन् ।

काउन्टर वरपर २ सय भन्दा बढी यात्रु सुमोको पर्खाइमा रहे । केही भने बढी भाडा तिरेरै भने पनि सवार गर्न बाध्य देखिए ।

हेटौंडा–काठमाडौं ओहोरदोहोर गर्दा सुमोहरुले यात्रुलाई ठगी गरेका छन् ।

हेटौंडाबाट काठमाडौं जाँदा र आउँदा तोकिएभन्दा दोब्बर भाडा असुल गरिरहेका छन् उनीहरु ।

एकतर्फी भाडा ४ सय ४४ रुपियाँ तोकिए पनि काठमाडौं जाँदा र आउँदा दोब्बर भाडा असुल गरिएको यात्रुहरु बताउँछन् ।

तिहार सकेर फर्किएका यात्रुको काठमाडौं जाने चाप हुने भएकाले बढी भाडा असुल गर्ने र काठमाडौंबाट छठ पूजाका लागि आउनेको हेटौंडा र तराईका जिल्लामा लर्को लाग्ने भएकाले यात्रुको चाप बढेकाले यही मौकामा सुमो ब्यबसायी, स्थानीय प्रशासन, प्रहरीसहित मिलेर यात्रुसँग व्रह्मलुट मच्चाइरहेको यात्रुको गुनासो छ ।

बजारमा सुमोको कृत्रिम अभाव सिर्जना गरी यात्रुसँग बढी भाडा असुल्नु, सुमो व्यवसायीको नीतिजस्तै बनिसकेको छ ।

अझ चाडपर्वको बेला यात्रुको भिड हुने भएकाले ‘गाडी छैन, बढी पैसा तिर्न सक्ने भए अर्को गाडी खोजेर पठाइदिन्छु’ भन्दै सुमोका दलालहरु काउन्टरनजिकै घुमिरहेका देखिन्छन् ।

हेटौंडा–काठमाडौं यात्राका लागि सुमो चढ्न पनि भनसुन गर्नुपर्ने अबस्था सर्वसाधारणलाई छ । सोमबार पनि हेटौंडाको चौकीटोलमा रहेको संयुक्त सुमो काउन्टरमा सुमो भएनन् । संयुक्त सुमो काउन्टरमा दर्जनौं सुमो सेवाको कुनै पनिमा सुमो नभएको फेला प¥यो ।

काउन्टरमा टिकट काट्न बसेका सम्बन्धित कर्मचारी बढी भाडा पाए गाडी खोजेरै भने पनि पठाइदिने भन्दै सर्वसाधारणको वरपर घुमिरहेका देखिए ।

मकवानपुर प्रशासनले सुमो काउन्टरवरपर सुरक्षाकर्मी त राखेको छ, तर उनीहरुकै अगाडि पनि यात्रु लुटिने क्रम रोकिएन । सुमो व्यबसायीको मनपरी चलिरहेको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles