22.9 C
Mahendranagar
Thursday, April 18, 2024
spot_img

पिकनिकले भरीभराउ पर्यटकीयस्थल

बाँके, कात्तिक २६ गते ।

नेपालीका प्रमुख चाडपर्व दशैँ तिहार सकिनाका साथै जाडो याम पनि शुरु भइसकेको छ । तिहारमा देउसी–भैलो खेलेरबाँके मनोरञ्जनसँगै आर्थिक सङ्कलन गर्नेमध्ये कसैले सामाजिक काममा ती रकम सदुपयोग गर्दै आएका छन् भने कसैले पिकनिकमा खर्च गरिरहेका पाइन्छ ।

तिहार सकिएलगत्तै यहाँ पिकनिक आउने लहर शुरु भएको छ ।

जिल्लाका विभिन्न पर्यटकीयस्थलमा दैनिकजसो सयौँ युवायुवती पिकनिकका लागि आउने गर्छन् ।

हिजोआज यहाँ पिकनिक आउनेको घुइँचो लागेको छ । अधिकांश पर्यटकीय क्षेत्र बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् ।

निकुञ्जमा चराचुरुङ्गी देखिनाका साथै वातावरणीय सुन्दरताका कारण पनि ती स्थान पर्यटकका लागि महत्वपूर्ण स्थलको रुपमा विकसित हुँदै आएका हुन््् ।

हरेक समूहले आआफ्नै तरिकाले बाजागाजा तथा वेषभूषामा सजिएर पिकनिक मनाइरहेका देखिन्छन् ।

पिकनिकमा आएकाको रौनक नै बेग्लै देखिन्छ ।

साथीहरु जम्मा भएर तिहारमा देउसी–भैलो खेल्ने र पिकनिक गएर रमाइलो गर्ने यहाँको प्रचलन नै भैसकेको छ ।

बर्दिया बाँसगढी नगरपालिकाका भूपेन्द्र खड्का बाँकेको अगैयास्थित राप्ती नदी किनारमा रहेको पार्कमा रमाउँदै देउसी–भैलो खेलेर सङ्लित रकमले साथीसँग रमाइलो गरिरहेको बताउनुहुन्छ ।

“देउसी–भैलोबाट उठेको रकम पिकनिकमा खर्च गर्न हामी यहाँ आएका हौँ”, खड्का भन्नुहुन्छ, “चाडपर्वमै साथीसङ्गी एकापसमा भेट भएर रमाइलो गर्छौं ।

अन्य समयमा त भेटघाट नै हुँदैन, चाडपर्व पारेरै रमाइलो गर्ने त हो नि रु” यहाँका प्राय सबै पर्यटकीयस्थल पिकनिक आएका समूहले भरिभराउ भएका छन् ।

गाभर भ्यालीमा पिकनिकमा आउनुभएका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ का रमेश आचार्य पनि चाडपर्व सकिएसँगै देउसी–भैलोबाट सङ्कलन भएको रकमले साथी रमाइलो गर्दै पिकनिक गर्न आएको बताउनुहुन्छ ।

आफूहरूमा देउसी–भैलो खेलेपछि पिकनिक गर्ने परम्परानै भएको उहाँ बताउनुहुन्छ ।

आचार्य भन्नुहुन्छ, “हामी रमाइलो मात्रै गर्दैनौँ, साथीभाइसँग एकै ठाउँमा भेला भएर भविष्यका योजना बुन्नाका साथै नयाँ र पुराना पुस्ताबीच घुलमिल पनि गराउँछौँ ।”

पिकनिकलाई साथीको बिदाइ, विभिन्न सङ्घसंस्थाका साधारणसभा, पारिवारिक भेटघाटजस्ता अवसरका रुपमा पनि लिइन्छ ।

यहाँको गाभर भ्याली र अगैया मात्र नभई ढकेरी, मानखोला, चट्टारलगायत पर्यटकीयस्थल पिकनिक टोलीले भरिभराउ छन् ।

पिकनिकका लागि बाँकेसँगै बर्दिया, दाङ र सुर्खेतबाट पनि छुटृाछुटृै टोली आउने गरेको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल चौधरी बताउनुहुन्छ ।

वनभोज खान जानेको चहलपहल बढेसँगै बाँके राष्ट्रिय निकुञ्ज घुम्ने आन्तरिक पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ ।

निकुञ्जलगायत अन्य पर्यटकीय क्षेत्रमा दृश्यावलोकनका साथै घुमघाम गर्नेको सङ्ख्या वृद्धि भएको जानकारी दिँदै चौधरीले भन्नुहुन्छ, “शनिबारका दिन धेरै भीड हुने गरेको छ ।”

शनिबार सार्वजनिक बिदा हुने भएकाले विद्यार्थी तथा कर्मचारी परिवारका साथ घुम्नका लागि पनि ती स्थान पुग्ने गर्छन् ।

ढकेरीमा मात्र दैनिक आठदेखि १५ वटासम्म टोली पुग्ने गरेका छन् । गाभरमा पनि पिकनिक टोलीको उस्तै भीडभाड हुने गरेको छ ।

“कात्तिकदेखि पिकनिक शुरु भइ यो क्रम वैशाख महिनासम्म चल्छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles