36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

नवलपरासी यात्रुवहाक बस दुर्घटनाः २५ घाइते, ३ को अवस्था गम्भीर

नवलपरासी , कार्तिक २६ ।

दाङबाट काठमाडौंका लागि छुटेको यात्रुवहाक बस नवलपरासीको अमरापुरीमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

बस गैडाकोट नगरपालिका अमरापुरिमा आज विहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते मध्ये ३ को अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

गम्भीर घाइते हुनेहरुमा दाङ घोराहीका २८ वर्षीय होमबहादुर पोखरेल, १ वर्षका यूनिस बिक र दाङ तुल्सिपुरकी २४ वर्षीया लक्ष्मी बस्नेत रहेका छन् ।

दाङ देखि काठमाडौंको लागि छुटेको ना ६ ख ३९७३ न को बस आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै बस चालक फरार रहेको र खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।

बसमा करिब ५५ जना यात्रु सवार रहेको प्रहरीले अनुमान गरेको छ ।

घाइतेहरुको नयाँ मेडिकल र पुरानो मेडिकलमा उपचार भइरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles