33.2 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

बिश्वजगतमा 5G सुरु, नेपालमा 4G का २० लाख प्रयोगकर्ता मात्रै, इन्टरनेट प्रयोगकर्ता कुल जनसङ्ख्याको ५३.१२

काठमाडौँ, कात्तिक २५ ।

मोबाइलमा चौथो पुस्ताको इन्टरनेटको रूपमा परिचित ‘फोरजी’ सेवा शुरू भएको डेढ वर्ष पार हुँदा यसका १९ लाख प्रयोगकर्ता पुगेका छन् । विश्वव्यापी रूपमा हाल अत्यधिक प्रचलनमा रहेको फोरजी प्रयोग गर्नेको सङ्ख्या १९ लाख २८ हजार ८५१ पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यो सङ्ख्या गत भदौसम्मको हो

हाल नेपालमा नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले मोबाइलमा फोरजी सेवा उपलब्ध गराउँदै आएका छन् । फोरजी सेवा विस्तारमा विदेशी लगानीको एनसेल तुलनात्मक रूपमा आक्रामक देखिएको छ ।

२०७४ जेठ १८ गते फोरजी सेवा शुरू गरेको एनसेलका १२ लाख ४४ हजार फोरजी प्रयोगकर्ता छन्

नेपालमा फोरजी सेवा शुरू गरेको श्रेय पाएको सरकारी लगानीको नेपाल टेलिकम भने ग्राहक विस्तार प्रतिस्पर्धामा केही कमजोर देखिएको छ ।

२०७३ पुस १७ गते नेपालमै पहिलोपटक टेलिकमले फोरजी सेवा शुरू गरे पनि हालसम्म कम्पनीका ग्राहक छ लाख ३५ हजार मात्र पुगेको छ

त्यस्तै, निजी क्षेत्रको लगानी रहेको स्मार्ट सेलका फोरजी प्रयोगकर्ता ४८ हजार ३६९ पुगेको छ । स्मार्टले गत वर्षको कात्तिक १४ गते फोरजी सेवा शुरू गरेको थियो ।

नेपाल टेलिकम र स्मार्ट टेलिकमको फोरजी सेवा काठमाडौँ उपत्यका र पोखरामा मात्र सीमित छ । एनसेलले भने करिब दुई दर्जन सहरमा सेवा विस्तार गरिसकेको छ । फोरजी सेवा विस्तारको योजना अघि सारेको टेलिकमको लामो समयदेखि टेन्डर प्रक्रिया नै रोकिएको थियो ।

देशैभर फोरजी एलटीई विस्तारका लागि टेलिकमले दुई फरक टेन्डर आह्वान गरेको थियो । करिब २५ अर्ब रुपियाँ लगानीसहितको उक्त टेन्डर हाल मूल्याङ्कनको क्रममा रहेको टेलिकमले जनाएको छ । त्यस्तै, स्मार्ट सेलले पनि देशका विभिन्न ठाउँमा फोरजी विस्तार गर्ने योजनाअनुसार पूर्वाधार निर्माणको क्रमलाई अघि बढाइरहेको जानकारी दिएको छ ।

एनसेल भने सन् २०१९ भित्र देशका ४० सहरमा फोरजीको पहुँच पु¥याउने योजनाअनुसार अघि बढिरहेको छ । फोरजीबाहेक नेपाल टेलिकमका थ्रीजी इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या भने एनसेलको तुलनामा केही बढी छ । प्राधिकरणका अनुसार टेलिकमका ५१ लाख १३ हजार थ्रीजी प्रयोगकर्ता छन् ।

त्यस्तै, एनसेलका थ्रीजी प्रयोगकर्ताको सङ्ख्या ४८ लाख ५५ हजार रहेको तथ्याङ्क छ । हाल यी दुई कम्पनीले मात्र थ्रीजी सेवा उपलब्ध गराइरहेका छन् । दुवैको गरेर थ्रीजी प्रयोगकर्ता करिब एक करोड पुगेका छन् । प्राधिकरणका अनुसार मोबाइलसहित अन्य विभिन्न प्रविधिबाट इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या एक करोड ५५ लाख नाघेको छ । यो कुल जनसङ्ख्याको ५३.१२ प्रतिशत हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles