22.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

मादलको सट्टा रित्तो गाग्री ठटायर भैलो

प्यूठान , कार्तिक २५, २०७५ ।

रित्तो गाग्री बजाउदै एक हुल मानिस भैलो भट्याउदै घर घर पुगिरहेका छन् ।

उनिहरुले मादल बजाएका छैनन् । मादलको साटो रित्तो गाग्री बजाउदै भैलो खेलिरहेका छन् ।

‘चौरपानी खानेपानी फाउण्डेसन’ स्थापना गरी झिमरुक नदीको पानी बस्तीसम्म ल्याउने योजना अघि बढाउन स्थानीयबासी कस्सिएका छन् ।

प्यूठान मल्लरानी गाउँपालिका वडा नं. ३ चौरपानी गाउँमा खानेपानीको हाहाकार मच्चिएपछि रित्तो गाग्री ठटायर भैलो खेलीएको छ ।

‘धारामा पानी आउन छाड्यो । गाग्रीको कामै भएन् ।

त्यही भएर ठटायर भैलो खेलिम’स्थानिय माधव पौडेलले भने–‘हाम्रो मुख्य समस्या खानेपानी नै हो ।

तर, गाउँपालिकाले सडकमा पैसा खनायो ।’

सरकारी बजेट आउला र खानेपानीको सुविधा होला भन्ने आश मरिसक्यो ।

त्यसैले देउसी भैलो खेलेर संकलन गरिएको रकमबाट खानेपानीको समस्या समाधान गर्न गाउँले जुटेका छन् ।

गाउँमा विकासको बाटो पुग्यो तर, खानेपानीको पुरानो मुहान सुक्न पुग्यो । जसले गर्दा गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ ।

‘मुहान वरी परीबाट बाटो हिडेको छ ।

बाटोले गर्दा पानीको मुहान सुकायो’स्थानिय बिष्णु पौडेलले भने–‘अहिले बाटो पिच गर्न ढुंगा फोड्ने काम भैरहेको छ ।

जमिन थर्किएर पानीको मुहान पुरियो ।’

धरमपानी बाट चौरपानी सम्म खानेपानी लगिएको छ ।

मुहान माथि बाट सडक खनेपछि मुहान सुक्यो ।

खानेपानीको मुख्य समस्या हो । तर, स्थानिय तहले सडकलाई प्राथमिकता दियो ।

सरकारलाई दवाव दिन रित्ता गाग्री बोकेर भैलो खेलिएको छ ।

साढे ३ सय घरधुरी छ ।‘वर्षौंदेखि खानेपानीको समस्या सुल्झिएको छैन’ स्थानीय स्थानिय कृष्णराज पान्डेले भने, ‘कसैको ध्यान नगएपछि भैलो खेलेरै सहयोग संकलनमा लागेका छौं ।’

यो स्थानिय सरकारलाई दवाव पनि हो उनले भने। खानेपानी सुविधाका लागि स्थानीय सरकार उदासिन भएको स्थानीयको आरोप छ ।

नेताहरुले बाटो मात्रै खनाउने तर खानेपानीको सुविधा पुर्याउनेतर्फ ध्यान नदिने गरेको स्थानीयको गुनासो छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles