42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

काठमाडौँ , कात्तिक २१ गते।

नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ ।

निगमको थानकोटस्थित डिपोबाट काठमाडौं उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई आज ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए ।

निगमले मङ्गलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई उपलब्ध गराएको थियो ।

डिपोले काठमाडौं उपत्यका, बनेपा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र सिन्धुलीका केही भू–भागका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ ।

प्रत्येक पम्पले माग गरे बमोजिमको इन्धन उपलब्ध गराइएको उनले जानकारी दिए ।

आज लक्ष्मी पूजाका दिन सार्वजनिक बिदा भए पनि थानकोटस्थित डिपो भने खुल्ला नै रहेको छ ।

निगमले सार्वजनिक बिदाका दिनसम्म पुग्ने गरी इन्धनको पर्याप्त मौज्दात राख्न र इन्धन आवश्यक परे ट्याङ्कर डिपोमा पठाउनसमेत आग्रह गरेको छ ।

सार्वजनिक बिदाका दिन भए पनि आकस्मिक रुपमा इन्धनको माग भएमा उपलब्ध गराउन दुई अधिकृतकसहित ८ कर्मचारीलाई तयारी अवस्थामा राखिएको डिपो प्रमुख रेग्मीले बताए ।

निगमले दशैँको सार्वजनिक बिदाका दिनमा समेत उपत्यकामा इन्धनको अभाव हुन नदिन डिपो खुल्ला नै राखेको थियो ।

निगमको थानकोटस्थित डिपोमा डिजेल ७० लाख र पेट्रोल ४० लाख लिटर भण्डारण क्षमता रहेको छ ।

डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेकाले कुनै अभाव नहुने उनले बताए ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles