22.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

एक लाख घुस लिने टोखा नगरपालिकाका हाकिमबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।

एक लाख घुस लिंदालिंदै पक्राउ परेका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव कृष्णप्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उपसचिव पौडेल असोज २८ गते पूर्वाधार विकास योजना कार्यक्रम अन्तर्गत नवसिर्जना टोल सुधार उपभोक्ता समाजलाई बाटो ढलानको लागि छुट्टयाएको रकमको अन्तिम बिल भुक्तानी गरी दिने प्रयोजनको लागि १ लाख रुपैयाँ घुस लिंदालिंदै पक्राउ परेका थिए ।

उनलाई भ्रष्टाचार ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले बिगो रु.१ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles