25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

सम्झनामा हेम मल्ल

कैलाली , कार्तिक २०, २०७५ ।

सञ्चारकर्मी हेम मल्लको श्रद्धाञ्जली सभा तथा विविध पुरस्कार घोषणा कार्यक्रम कैलालीको अत्तरियामा सम्पन्न भएको छ।

२०७३ साल कार्तिक २० गते कैलालीको गेटामा मोटरसाइकल दुर्घटनामा परि मल्लको मृत्यु भएको थियो। मल्लको दोस्रो पूण्य तीथिमा सुदूरपशिचम बहुउद्देश्यीय मञ्चले मंगलबार बिहान श्रद्धाञ्जली सभा र पुरस्कार घोषणा कार्यक्रमको आयोजना गरिएको हो।

दिनेश एफएमको उत्पादन चौपातो र पोटेलका सर्जक हेम मल्लको २८ बर्षको अल्पायुमै दुर्घटनामा परेर मृत्यु भएको थियो।

दिनेश एफएममा उनले झण्डै ७ बर्ष सम्म चौपातो र पोटेली कार्यक्रम चलाउका थिए।

कार्यक्रममा ‘हेममल्ल स्मृति आम सञ्चार पुरस्कार २०७५ ’ र ‘परिमल स्नेहि राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार २०७५’ को घोषणा गरिएको छ।

‘हेममल्ल स्मृति आम सञ्चार पुरस्कार–२०७५ डोट्याली भाषाको मासिक पत्रिका ‘गुगुल्टीका प्रधान सम्पादक÷प्रकाशक विरबहादुर चन्द ‘विश्राम’ लाई र ‘परिमल स्नेहि राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार–२०७५’ गायक एवम् संङ्गीतकार टेकराज अवस्थीलाई प्रदान गरिने छ।

यस अघिको ‘हेममल्ल स्मृति आम सञ्चार पुरस्कार–२०७४ पत्रकार एवं सञ्चारकर्मी धिरेन्द्र चटौत र मुकुन्द भण्डारीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो भने ‘परिमल स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार महाशंकर देवकोटा, नन्दकृष्ण जोशी, नरेन्द्रराज रेग्मी, डिकरादेवी गाइने र यज्ञराज उपाध्यायलाई प्रदान गरिएको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles