41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

डोल्पा जीप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुल्यो

काठमाडाैँ , कार्तिक २०, २०७५ ।

डोल्पा जीप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ ।

सोमबार डोल्पामा भे १ च १६१० नंम्बरको जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका –१, त्रिपुराकोट बस्ने ४५ वर्षीय हेमराज हमाल, त्यसै ठाउँकी १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, वडा नम्बर २ बस्ने १३ वर्षीया अस्मिता रोकाय, २४ वर्षीय कुमार रोकाय, वडा नम्बर ३ बस्ने ४५ वर्षीय बुध धराला, , वडा नम्बर ५ बस्ने १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका –५, बस्ने ३० वर्षीय भद्र रोकाय र ठूदीभेरी नगरपालिका –३ बस्ने अन्दाजी वर्ष १७ की मनिसा धराला रहेको जिल्ला प्रहरी कार्यालयले डोल्पाका प्रहरी नायव उपरीक्षक अवदेश बिष्टले जानकारी दिए ।

चालकसहित १२ जना बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको जीप दिउँसो करिब २ बजेर ३० मिनेटमा ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ मा पर्ने कालागौँडा नजिकैको बतासे ओढारमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि ७ जना पुरुष र ३ जना महिलासहित १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

घाइते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका –२, बस्ने नन्द बहादुर थापा र त्यही नगरपालिका –३, बस्ने चालक दिनेश बोहोरा रहेका छन् ।

थापाको अवस्था सामान्य भए पनि बोहोराको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको खुशी साट्न नपाउँदै डोल्पाली जनतामाझ दुखद घटना घटेको छ ।

डोल्पाली जनतालाई सुविधा दिनको लागि हेलिकप्टरबाट ल्याएर सञ्चालनमा ल्याएका जीप सदरमुकाम दुनै–त्रिपुराकोट दुनै जुफाल सञ्चालित थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles