40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

खानेपानीको चरम अभाव ट¥यो, विद्युतीय पम्पिङबाट पानी वितरण

रुकुम , कात्तिक १८ गते ।

बर्षाैंदेखी खानेपानीको चरम अभाव खेप्दै आएका रुकुम पश्चिमको सानीभेरी गाँउपालिका वडा नं ८ का बासिन्दालाई बिद्युतिय पम्पिङबाट पानी पुर्याइएको छ ।

सानीभेरी गाउँपालिका –८ माथिल्लो आम्डाँडा स्थित बिप्पे लेकमा बिद्युतिय पम्पिङबाट खानेपानी पु¥याईएको हो ।

सो ठाँउमा सानीभेरी गाउँपालिका –८ कै जुगेपानी मुहानबाट पम्पिङ गरेर खानेपानी पु¥याईएको हो ।

सानीभेरी गाउँपालिकाको गौरवको आयोजना मानिएको यस माथिल्लो आम्डाँडा जुगेपानी विप्पेलेख विद्युतिय पम्पिङ खानेपानी आयोजाना निर्माण कार्य सुरु गरेको एकवर्षमा सम्पन्न भएको छ ।

गाउँपालिकाको ३५ लाख, आशा परियोजनाको १६ लाख र रुकुमेली समाज विकास केन्द्रको चारलाख ५० हजार गरी ५५ लाख ५० हजार कूल लगानीमा आयोजना सम्पन्न गरिएको बताईएको छ ।

१६ सय मीटर पाइपलाईन रहेको यस आयोजनाको भर्टिकल उचाई चारसय १० मीटर रहेको छ भने तीनवटा १८ हजार लिटर क्षमताका ट्याङ्की निर्माण गरिएको छ ।

त्यस्तै सात हर्सपावरको एउटा र ५ हर्सपावरको एउटा मोटर जडान गरिएको र त्यसबाट प्रति घण्टा ६ हजार लिटर पानी ट्याङ्कीमा जम्मा हुने आयोजनाका प्राविधिक लोकेन्द्र खड्काले बताउनुभयो ।

गाउँको माथिल्लो भागमा खानेपानीको ठूलो ट्याङ्की र घरघरमा धारा आउने भएपछि वर्षौँदेखि खानेपानीको चरम अभाव भोग्दै आएका माथिल्लो आम्डाँडाबासीहरु खुसी भएका छन् ।

अब सबैको घरघरमा धारा जडान गर्ने कार्यलाई तीव्रता दिईने गाउँपालिकाले जनाएको छ ।

आफुले चुनावमा गरेको प्रतिबद्धता समयमै पूरा गरी जनतालाई खानेपानी पु¥याउन सफल भएकोमा सानीभेरी गाउँपालिका –८ का वडाध्यक्ष शसीराम बुढाथोकीले काम गर्ने थप उत्साह पैदा भएको बताउनुभयो ।

सानीभेरी गाउँपालिकाले लिएको एक घर एक धाराको अवधारणा अनुसार माथिल्लो आम्डाँडामा पनि यसै आयोजना अन्तर्गत एक घर एक धारा निर्माण गरिने उपभोक्ता समितिका अध्यक्ष शसिराम ओलीले जानकारी दिनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles