32.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

फोहोरमैला निजीकरण गर्न गोप्यपत्र तयार, कामपाले मन्त्रालयलाई ५ बुँदे पत्र बुझायो

काठमाडौं , कात्तिक १८ गते ।

काठमाडौं महानगरपालिकाले कर्मचारीलाई जानकारी नै नदिई गोप्य रुपमा फोहोर मैला व्यवस्थापनका लागि सम्झौतापत्र तयारी गरी संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा बुझाएको छ ।

कामपाले सम्झौताका पाँचवटा बुँदा तयार गरी मन्त्रालयलाई बुझाएको हो ।

अत्यन्तै जरुरी र गोप्य लेखिएको सो पत्र मन्त्रालयमा पेश गरेको कामपा स्रोतले जानकारी दिएको छ ।

कामपाको नगर कार्यपालिकाले २०७५ असोज ६ गते गरेको निर्णयअ नुसार करिब एक साताअघि प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले हस्ताक्षर गरी मन्त्रालयलाई पत्र पठाएको हो ।

पत्रको विषयमा मेयर सचिवालय, प्रशासन र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयबाहेक अन्यलाई जानकारी छैन ।

स्रोतका अनुसार नेपवेस्ट प्रालिसँग सम्झौता भएपछि मात्रै कर्मचारीलाई जानकारी गराउने भन्दै कामपाले गोप्य रुपमा पत्र तयार गरी मन्त्रालयमा बुझाएको हो ।

सरकारको स्वमित्वमा रहेको लगानी बोर्डले काठमाडौको फोहोर व्यवस्थापन गर्न पीडीए सम्पन्न गरिसकेको छ ।

अब सम्झौता गरी कार्यान्वयन गर्न लगानी बोर्डको मातहतमा मन्त्रालयसँग सम्झौता गर्न लागिएको हो ।

सम्झौता गर्नुअघि वातावरण व्यवस्थापन विभाग अन्तर्गत कार्यरत कर्मचारीले आन्दोलन गर्न सक्ने भएपछि कामपाले विभागका कर्मचारीको संघ संगठनलाई समेत जानकारी नदिई सम्झौता गर्न मन्त्रालयलाई पत्र पठाएको हो ।

मन्त्रालयलाई बुझाएको सम्झौतापत्रमा फोहोरमैला व्यवस्थापनमा संलग्न कर्मचारीको सेवा विकासकर्ता कम्पनी नेपवेस्ट प्रालिका लागि उपलब्ध गराउने र निजहरुको लागि आवश्यकता पर्ने तलब भत्ता र अन्य सुविधा वृद्धि भएमा सो समेत कामपालाई नेपवेस्टले एकमुष्ठ उपलब्ध गराउने सो रकम कामपाले कर्मचारीलाई उपलब्ध गराउने उल्लेख छ ।

सोही बुँदामा नेपवेस्टलाई आवश्यक नपर्ने कर्मचारीलाई स्वैच्छिक अवकासका लागि आवश्यक पर्ने स्रोतको सुनिश्चित गर्ने बुँदा नम्बर १ मा उल्लेख गरिएको छ ।

त्यस्तै कामपाले फोहोरमैला व्यवस्थापनमा प्रयोग गर्दै आएका सवारीसाधन औजार तथा अन्य उपकरण हालको प्रचलित मूल्यमा खरिद गर्ने वा भाडामा लिई नेपवेस्ट प्रालिले प्रयोग गर्ने स्पष्ट व्यवस्था गरिनुपर्ने, नेपवेस्टलाई फोहोरमैला व्यवस्थापनको सम्पूर्ण व्यवस्था हस्तान्तरण गरेपछि कामपालाई कुनै प्रकारको दायित्व र जिम्मेवारी नहुने उल्लेख छ ।

ल्यान्डफिल साइटको व्यवस्थापनमा समेत कामपाको कुनै दायित्व नरहने विषय सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

सम्झौतापत्रको बुँदा नम्बर ४ मा लगानी बोर्डको कार्यालयमार्फत फोहोरमैला व्यवस्थापन प्याकेज–१ को विकास कम्पनी नेपवेस्टसँग सम्झौता भएको तीन महिनाभित्र महानगर क्षेत्रभित्र फोहोर संकलन र विसर्जन गर्ने, कामपाका बाटोघाटो मठमन्दिर, देवल, सार्वजनिक चोक, पर्यटक क्षेत्र, रणनीतिक सडक आदि बढार्ने कार्य कामपाको हुनेछ ।

३ महिनापछि कामपाले कुनै दायित्व वहन नगर्ने व्यवस्था हुनुपर्ने सोही बुंदामा उल्लेख गरिएको छ ।

अन्तिम बुँदामा फोहोरमैला व्यवस्थापनको अनुगमनकर्ताको जिम्मेवारी कामपाको हुनुपर्ने उल्लेख छ ।

सम्बन्धित पक्षलाई समय–समयमा निर्देशन दिने, नियन्त्रण र अनुगमन गर्नुका साथै प्रचलित कानुन कार्यान्व्यन गराउने, नीतिगत सुझाव दिने तथा सहजकर्ताको रुपमा कार्य गर्ने जिम्मा कामपाको हुने सर्तहरु तय गरिनुपर्ने कामपाले तयार गरेको सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

कामपाले गरेको सम्झौतापत्रमा हस्ताक्षर भएपछि राजधानीको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीले लिने छ ।

त्यसकालागि लगानी बोर्डले सम्पूर्ण प्रक्रिया पूरा गरी सम्झौताको चरण मात्र बाँकी राखेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles