40.4 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

प्रधानमन्त्री डिस्चार्ज

काठमाडौं , कात्तिक १६ गते ।

स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

छातीमा संक्रमण र चिनीको मात्रा असन्तुलित भएपछि त्रिवि शिक्षण अस्पतालमा गत सोमबार भर्ना भएका ओली शुक्रबार साँझ सात बजे डिस्चार्ज गरिएका हुन् ।

डिस्चार्जपछि आरामका लागि प्रधानमन्त्री सरकारी निवास बालुवाटार ने रहेका छन् । केही सार्वजनिक गरिएका तस्वीरमा ओली दुब्लो देखिएका छन् । झण्डै एक हप्ता विरामी परेका ओली अलि थकित र गलेका जस्ता देखिन्छन् ।

मिर्गौलाका रोगी ओली महाराजगञ्जस्थित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएपछि अस्पतालले उनको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले दैनिक दुईपटक हेल्थ अपडेट गराउँदै आएको थियो ।

प्रधानमन्त्री ओलीको शुक्रबार बिहानको स्वास्थ्य परीक्षणका प्रतिवेदन अध्ययनपछि स्थिति सामान्य देखिएको पाइएको थियो।

सेण्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य भएको उल्लेख गरिएको थियो।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीको संयोजकत्वमा डा. दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली खटिएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles