27 C
Mahendranagar
Tuesday, April 16, 2024
spot_img

कोठामा थुनिएको करोडौँ मूल्यको रक्तचन्दन कहिले खोल्ने ?

भद्रपुर, कार्तिक १६, २०७५ ।

एक दशक अघि भारतवाट अवैध रुपमा नेपाल भित्र्याउदै गर्दा वरामद गरीएको करोडौँ मूल्य बराबरको रक्तचन्दन डिभिजन वन कार्यालय झापाको कोठामा थन्काइएको छ ।

सरकारी निती स्पष्ट नहुँदा प्रष्ट कानूनको अभावमा लिलाम प्रकृया अगाडी वढ्न नसकेका कारण वरामद गरीएको १९ हजार ८ सय ३२.२७ किलो रक्तचन्दन कोठा भित्रै थन्किएको हो ।

प्रहरीले विभिन्न मितिमा भारतवाट ल्याउदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयमा वुझाउने गरेको हुँदा त्यसको संरक्षण गर्ने जिम्मा वन कार्यालयले पाएको थियो ।

रक्तचन्दनको कारोबार मुलुक भित्र नहुने भएको हुँदा यसको वजारभाउ कति हो भन्ने यक्किन नभएपनि करीब एक करोड ५२ लाख हुन आउने विज्ञहरुले अनुमान गरेका छन् ।

सरकारले प्रकाशित गरेको राजपत्रमा प्रतिकेजि ८ सय तोकिएको भएता पनि भारतबाट लुकिछिपि नेपालको वाटो हुदै चीन जाने रक्तचन्दनको मूल्य नेपालको भन्दा कयौँ गुणा वढी भएको जानकारहरु वताउँछन् ।

वन कार्यालय झापाको कार्यकक्षमा थन्किएको रक्तचन्दनको सरकारी भाउ भने १ करोड ८० लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

वरामद गरीएको रक्तचन्दन के गर्ने भन्ने स्पष्ट कानून नभएका कारण समस्या भएको डिभिजन वन कार्यालय विष्णुलाल घिमिरेले वताए ।

उनले रक्तचन्दन कार्यालयको कोठामा सुरक्षीत रहेको वताउदै सरकारको स्पष्ट नीति नआए चन्दन कोठामा नै सडने अवस्थामा पुगेको वताउँछन ।

यो समस्या नेपालभर नेै रहेको उनले बताए । कार्यालयले वन विभागमा पटक – पटक लिखित पत्र पठाउदा समेत कुनै निर्देशन नआएको उनले वताए । अन्तराष्ट्रिय कानून आकर्षित हुन सक्ने भएकाले पनि विभागले ढिलाई गरेको हुन सक्ने उनको भनाइ छ ।

भारतको आन्ध्रप्रदेश र उडिसाहुँदै विहारको किशनगञ्ज जिल्ला डिगलबैङ्क नाकाबाट भित्रिएको एपी २७ डब्लु ओ ४०५ नम्बरको भारतीय नम्बरको ट्रकबाट गत ०६३ पुस ३ गते भारत चेन्याँइका यम भाष्कर र राजु भाष्करले भारतवाट ल्याउदै गरेको अवस्थामा झापाको टाघनडुव्वाबाट ३ सय ६२ थान (६ हजार ३ सय ७५दशमलव २७ किलो ) ,०६४ जेठ २१ मा टाँघनडुव्वा ८ का गुलाम रसुल मियाले चीन लैजाने तयारी गर्दै गरेको अवस्थामा ६५ थान (१ हजार ६ सय ८७ किलो) त्यसको भोलिपल्ट सोहि स्थानबाट सुवास चौधरी, उपेन्द्र चौधरी, अभिनाश चौधरी र रामजतन चौधरीको घर परिसरबाट ३ सय ९९ थान (११ हजार ७ सय ७० किलो) प्रहरीले वरामद गरेको थियो ।

घटना पश्चात झापा जिल्ला अदालतले भाष्कर द्धयलाई वन ऐन २४९ को दफा ४९ (घ) को कसुरमा जनही ३ लाख १८ हजार ७ सय ६३ रुपैया जरिवाना र एकवर्ष कैद सजाय तोकेको थियो ।

मियाँलाई २६ लाख ९९ हजार २ सय जरिवाना र ६ महिना कैद र अन्यलाई जनही १ करोड ८८ लाख ३२ हजार विगो र चार वर्ष कैद सजाय भएको थियो ।

उक्त रक्तचन्दन तस्करीमा संलग्न भएको अभियोगमा पक्राउ परेका व्यक्ति भने कैद र जरिवाना भुक्तान गरी रिहा भइसकेका छन् । बरामद गरिएको ट्रक पनि लिलामी प्रक्रियाबाट बिक्री भइसकेको छ ।

दुईवटा कोठामा रक्तचन्दन राखी शिलबन्दी गरिएकोले कार्यालयको काम कारबाहीमा पनि कठिनाई भएको कार्यालयका कर्मचारी बताँउछन् ।

पक्राउ गर्नेले काम देखाउन हतारमा कार्यकक्षमा राखेर हिडेपछि सेवाग्राहीका कागजपत्र समेत थुनिएको एघार वर्ष भएको एक कर्मचारीले बताए ।

‘ती कोठामा जनताका कागज छन्, चन्दनले गर्दा जनताको काम रोकिएर समस्या भएको छ’ ।

‘चन्दन त सडिसक्यो होला ,कागज पत्रको के हालत भयो ?उनले भने । ’

गोदाममा २ कोठा मध्ये एउटामा तत्कालीन नेकपा माओवादी झापा र जिल्ला वन कार्यालयले दोहोरो ताला लगाएका छन भने एउटामा वन कार्यालयको मात्र ताला छ ।

दुवै गोदाम हाल सम्म एक पटक पनि नखोलिएको कार्यालयले जनाएको छ ।

वनस्पति तथा वन्यजन्तु संरक्षण ऐन तथा अन्तराष्ट्रिय कानून बमोजिम रक्तचन्दनको कारोबार एक देशबाट अर्को देशमा गर्दा दुबै देशको सहमति हुनुपर्ने प्रावधान छ ।

सोही ऐन तथा अन्तराष्ट्रिय कानून विपरीत चोरी पैठारी गरी भारतबाट नेपाल भित्र्याइएको रक्तचन्दन झापामा बरामद गरिएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles