30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

नेपाल र थाइल्याण्डबीच हवाई सम्झौता, नेपालका जुनसुकै विमान थाइल्याण्ड जान सक्ने

काठमाडौं , कार्तिक १६, २०७५ ।

नेपाल र थाईल्याण्डबीच ४७ वर्षपछि एक एतिहासीक हवाई सम्झौता भएको छ ।

थाइल्यान्डको बैंककमा भएको सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने बाटो खुलेको छ ।

समझदारी पत्रमा हप्तामा कम्तीमा २८ वटा जहाज उडान हुने र नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने उल्लेख छ ।

दुबै देशले कार्गो विमानको संख्यामा सीमा नतोक्ने पनि उल्लेख छ ।

यस्तै नेपालका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई विमानद्वारा उडान गर्न उत्प्रेरित गर्ने पनि सम्झौता भएको छ ।

समझदारीमा तेस्रो देशसँग ‘कन्ट्री कोड’ सम्झौता गरेर पनि उडान गर्न सक्ने उल्लेख छ ।

नेपाली पक्षका वायुसेवा कम्पनीले दुई वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र पूर्वी एसियाली देशमा मध्यस्थ बिन्दुको रुपमा तथा दुईवटा दक्षिण पूर्वी एसियाली, उत्तरपूर्व र प्रशान्त क्षेत्रका देशमा गन्तव्यपछि पाँचौ हवाई ट्राफिक गन्तव्यको रुपमा प्रयोग गर्न सकिने पनि उल्लेख गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles