30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

१ सय ६५ किलोग्राम विष्पोटक पड्काइयो

दार्चुला , कार्तिक १६, २०७५ ।

महाकाली करिडोर अन्तरगतको दार्चुला तिंकर सडकको विजयपुर भिरमा हाल सम्ममा १ सय ६५ किलोग्राम विस्पोटक पदार्थ खर्च भएको छ ।

भदौ ३ गते देखी विस्पोटक पदार्थ प्रयोग भएको उक्त भिरमा ८ पटक गरी सो परिमाणमा विस्पोटक पदार्थ प्रयोग भएको नेपाली सेनाको दुर्गादल गुल्मले जनाएको छ ।

विष्पोटक पदार्थ अभावमा विगत तिन वर्ष देखी रोकिएको सडक निर्माण कार्य भदौ पहिलो साता बाट सुरु गरिएको दार्चुला तिंकर सडक योजनाले जनाएको छ ।

सडक निर्माणमा चट्टानी भु–भागमा प्रयोग हुने विष्पोटक पदार्थ आएपछि सडक निर्माण कार्य सुरु गरिएको उक्त सडक खण्ड निर्माणको जिम्मा पाएको मालिकार्जुन शिखर निर्माण सेवाका प्रतिनिधि सुरेन्द्र बहादुर पालले जाकारी दिए ।

विस्पोटक अभावमा उक्त सडक खण्डकोे निर्माण कार्य २०७३ असार देखी रोकिएको थियो ।

पिपलचौरीको विजयपुर भिरमा ट्याक खुल्न १० मिटर क्षेत्र मात्रै बाकी रहेको पालको भनाई छ ।

अबको एक पटकको विस्पोटन पछि मेसीन जाने गरी सो भिरमा ट्याक खुल्ने उनको दावी छ ।

‘एकतीरबाट मात्रै काम गर्नुपर्दा केहि ढीलाई भएको मेसीन ओहोर दोहोर भए पछि सडकखण्डको दुवै तीरबाट सडक चौडा गर्न सकिन्छ, उनले भने ।’

आर्थिक वर्ष २०६५÷०६६ देखी सुरु भएको योजनाले हाल सम्म ४० किलोमिटर मात्रै सडकको ट्याक खोल्न सकेको छ ।

विष्पोटक पदार्थ अभावकै कारण गत आर्थिक वर्ष २०७४/०७५ मा समेत ९३ लाख रुपैया फ्रिज गएको योजनाले जनाएको छ ।

सडक निर्माणका लागी आवश्यक पर्ने विष्पोटक पदार्थ बझाङ स्थित निर्माणधिन कालंगा जलविद्युत आयोजनाबाट गत असारमा ९ दशमलब ३ मेट्रिक टन अर्थात ९ हजार ३ सय किलोग्राम विष्पोटक पदार्थ ढुवानी भएको थियो ।

विष्फोटक पदार्थ हाल जिल्ला स्थीत नेपाली सेनाको दुर्गादल गुल्मको जिम्मामा रहेको योजनाले जनाएको छ ।

बेला–बेलामा नेपाली सेनाको सुरक्षाका विच उक्त चट्टानमा विष्पोटक पदार्थ प्रयोग हुने गरेको छ ।

विष्पोटक पदार्थ जिलेटिन प्रयोग गर्ने बारे योजनाले यसअघि नै नेपाली सेनासंग सम्झौता गरिसकेको छ ।

दार्चुला–तिंकर सडकको १ सय ३० किलोमिटर निर्माण सुरु भएको एक दशक पुग्न लाग्दा समेत सम्पन्न हुन सकेको छैन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles