26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

न्याय सम्पादनमा हस्तक्षेप नगर्न महान्याधिबक्ताको आग्रह, राजनितिक हस्तक्षेपले न्याय सम्पादनमा असर परेको भनाई

नुवाकोट , कार्तिक १५ गते ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायिक प्रक्रियाअनुसार नै न्याय सम्पादन हुने भएकाले कहीँ कतैबाट हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।

नुवाकोटको विदुरमा जिल्ला सरकारी वकिल कार्यालय भवनको उद्घाटनपछि महान्यायाधिवक्ता खरेलले न्यायिक प्रक्रियाहरुमा हुने राजनीतिक लगायत अन्य हस्तक्षेप तर्फ सङ्केत गर्दै स्वच्छरुपमा न्यायसम्पादनका लागि जिल्लाका सबै सरोकारवाहरुको साथ चाहिने बताए । भवन उद्धघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले कार्यालयको भवन मात्रै नयाँ भएर नहुने बताए । जनताले सेवा लिन आउने कार्यालयमा सेवा प्रबाहलाई चुस्त दुरुस्त बनाएमा मात्रै नयाँ कार्यालय स्थापना भएको आबास नागरिकह्रुमा हुने बताए ।

यस्तै, कार्यक्रममा अर्का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद खतिवडाले फौजदारी मुद्धाहरु सरकारी वकिलको कार्यालय मार्फत जाने भएकाले सबै नागरिकहरुको पँहुचमा पुग्ने गरि बस्न आग्रह गरे । फैजदारी मुद्धा कार्यान्वयनको पहिलो पाटोको रुपमा सरकारी वकिलको कार्यालय रहेकाले सेवा प्रबाह गर्दा सहज र सरल तबरले प्रबाह गर्नको लागी आग्रह गरे ।

कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपाने उपाध्यायले न्यायको पहुँचभन्दा बाहिर रहेकालाई न्यायिक पहँुचमा प्रवेश गराई न्याय सम्पादन गर्ने कार्य चुनौतीपूर्ण रहेको बताए । यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर ३ सरकारी वकिल कार्यालय पाटका सह न्यायधिबक्ता लोकराज पराजुलीले काम गर्ने जनशक्ति र सेवाग्राहिहरुलाई सहज बनाउने उदेश्यले नुवाकोटमा नयाँ संरचनाको निर्माण भएको बताए । आफ्नै संरचनाको अभाबमा रहदै आएको सरकारी वकिलको कार्यालय नुवाकोटले आबाश्यक्ता अनुसारको सेवा प्रबाह गर्न नसकेको बताउदै नयाँ भवन सँगै कार्य सम्पादनमा सहज हुने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य केशब पाण्डेले न्याय सम्पदान गर्दा कशैको डरत्रासमा नरहनको लागी आग्रह गरे । जिल्ला न्यायधिबक्ताको रुपमा रहने सरकारी वकिलको कार्यालयले नागरिकहरुलाई पहिलो प्राथमिता दिएर कार्य सम्पादन गर्न आग्रह गरे ।कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ सरकारी वकिलको कार्यालयलाई आबाश्यक सहयोग गर्न समन्वय समिति तयार रहेको बताए । सरकारी वकिलको कार्यालय जिल्लाकै कानुनी सल्लाहाकारको रुपमा रहने भएकाले आपसि समन्वय मजबुत हुनु पर्ने उल्लेख गरे ।

यस्तै, जिल्ला न्यायधिस ऋषिकेस वाग्लेले कार्यक्रममा नयाँ भवनसँगै नयाँ सेवाको समेत आस गरेको बताए । मुलुकमा भदौ १ गते जारी भएको फौजदारी तथा मुलुकी एन अनुसार अदालतमा मुद्धा ल्याउनको लागी आग्रह गरे । छिटो र सरल तबरले सेवा ग्राहिरुलार्ई सेवा प्रबाह गर्न अदालत तयार रहेकाले सरकारी वकिलले त्यस तर्फ ध्यान दिन आग्रह गरे ।कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापाले नुवाकोटमा निर्माण ब्यबसायीहरुले समयमा नै काम सम्पन्न नगरेको अबस्थामा सरकारी वकिलको कार्यालय भने समयमा नै निर्माण सम्पन्न भएको उल्लेख गरे । समयमा नै भवन निर्माण सम्पन्न भए जस्तै, सेवा प्रबाह पनी समयमा नै गर्न उनदे निर्देशन दिए ।

कार्यक्रममा बिदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले स्थानिय तहमा न्यायिक समिति भएता पनी फौजदारी मुद्धाहरु प्रहरी प्रसाशन मार्फत आउने भएकाले न्योचित तबरले मुद्धा कार्यान्वयनको पाटोमा लाग्न आग्रह गरे । यस्तै, सरकारी वकिलको कार्यालय बिनासकारी भुकम्पले भत्किए पछी नागरिकह्रुले सेवा लिन असहज भएको अबस्थामा नयाँ भवन निर्माण भएसँगै सेवा प्रबाहमा सहजता आउने बिस्वास रहेको बताए ।

कार्यक्रममा नुवाकोट जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष देबराज कडेलले न्याय सम्पादनको पक्षमा सरकारी वकिलको कार्यालयबाट प्रबाह हुने सेवा राम्रो नभएको टिप्पणि गरे । कार्यालयको भवन नयाँ भएसँगै काममा समेत गुणस्तिरियता हुने बिश्वास रहेको उल्लेख गरे ।

२०७३ सालबाट निर्माण सुरु भएको सरकारी वकिलको कार्यालय साँढे २ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको हो । वैशाख १२ को भूकम्पले सरकारी वकिलको कार्यालय भत्काएपछि रु दुई करोड ३६ लाख ९५ लाख ६६१ मा साँढे दुईतले भवन निर्माण भएको जिल्ला न्यायाधिवक्ता बिमल थापाले जानकारी दिए । भवन भूकम्पले भत्काएपछि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । अब आवश्यक फर्निचरको व्यवस्थापनपछि नयाँ भवनबाट सेवा आरम्भ गरिने न्यायाधिवक्ता थापाले बताए ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles