36.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

डिआईजीे दुर्घटना मृत्यु प्रकरणः चालकलाई हिरासतमा राखेर अनुसन्धान शुरु

काभ्रे, कार्तिक १५ गते ।

कार्तिक १० गते नेपाल प्रहरीका डिआईजी शुशिलकुमार भण्डारी सहित तीन जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनाका चालकलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

अदालतबाट प्रहरीले १० दिनको म्याद पाएको छ ।

अस्पतालमा उपचारार्थ चालक प्रदीप बोगटीलाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दिपक गिरीले बताए ।

‘उहाँ पनि घाईते हुनु भएकाले प्रहरी निगरानीमै उपचारमा हुनुहुन्थ्यो, अस्पतालले डिस्चार्ज गरे लगत्तै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका हौ’–डिएस्पी गिरीले भने ।

दुर्घटनामा पत्रकार जीवन पराजुली र कांग्रेस मजदुर संगठनका नेता विनोद कार्कीको घटनास्थलमै निधन भएको थियो भने डिआईजी भण्डारीको उपचारका क्रममा निधन भएको थियो ।

मण्डन देउपुर नगरपालिका वडा नम्वर ६ ढकालथोक स्थित भाँगेटारबारीमा ब्यवसायी प्रदीप बोगटीको नीजि टोयटा जीप बा ३ च २८७ नम्वरको गाडी दुर्घटना भएको थियो ।

शनिबार दिउसो बोगटी सहित डिआईजी भण्डारी, कार्की, पराजुली, शशस्त्रका पुर्व डिएस्पी विनोद गौतम र स्थानीय धनराज पुरी उक्त स्थानमा गएका थिए ।

वाहलवाला प्रहरीका डिआईजी पुरीको जग्गा भए स्थानमा बालुवा प्रशोधन गरी विक्री गर्न सकिने आशय र योजनामा ब्यवसायीक सन्र्दभमा उक्त स्थान पुगेर फर्कर्दै गर्दा टोयटा जीप दुर्घटना भएको थियो ।

पुरीको घर त्यहि स्थानमा हो । घटनाको सन्र्दभमा अनुसन्धान गरी कारवाहीको माग गर्दै डिआईजीका भतिजा क्षतिज भण्डारी, पराजुलीका दाजु राजनप्रसाद पराजुलीले प्रहरीकोमा उजुरी दर्ता गराएका छन् ।

चालकको लार्पवाहि, नियोजित वा आकस्मिक दुर्घटना के हो ? छानविन गरी कारवाही गरी पाउँ भनी उजुरी दर्ता भएको प्रहरी प्रवक्ता डिएस्पी गिरीले जानकारी दिए ।

डिआईजी हरेक शनिबार जस्तै काभ्रेको विभिन्न स्थानमा उनले लगानी गरेको क्रसर र खानीमा आउने गरेको रहस्य खुलेको छ ।

बेथान्ञचोक गाउँपालिकामा रहेका चलाल गणेश रोडा ढुंगा उद्योग, रोशीमा रहेको बोगटीकै ढुंगा खानीमा साझेदार, ट्रिपर तथा धुलिखेलको कुत्तालमा ३७ रोपनी जग्गामा डिआईजी भण्डारीको लगानी थियो ।

जिल्लाका अन्य स्थान मण्डन देउपुर, सिन्धुपाल्चोकका विभिन्न क्रसरहरु र कपनमा रहेको पार्टी प्यालेस र केहि जग्गामा डिआईजी भण्डारीले लगानी गरेका थिए ।

बाहालवाला प्रहरी अघिकृत मध्ये केहिको काभ्रे, सिन्धुपाल्चोक, धादिङ्ग र अन्य स्थानमा लगानी गरेको तर कारवाहीमा परिने डरले कानुनी रुपमा नदेखाउने र भित्री कागज बनाएर लगानी सुरक्षित गर्ने गरेको ब्यवसायीहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनाको अनुसन्धानका लागि डिएस्पी गिरीकै संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।

घटनास्थलमा प्रहरीका डिआईजी पूर्णचन्द्र जोशी, एसएसपी, जिल्लाका विभिन्न निकायका प्रमुख एवं प्रतिनिधिहरुले अनुगमन र अनुसन्धान गरिसकेका छन् ।

जग्गा धनी पुरीले आफ्नो जग्गा विक्री गर्ने उदेश्यले उक्त समुहलाई त्यस स्थानमा पु¥याएर फर्कँदै गर्दा विजुलीको नाङ्गो तार गाडीमा जोगाउन खोज्दा गाडी बाटोबाट तल खस्न जाँदा धेरै बल्ड्याङ्ग खसेको बयान दिएका थिए ।

पुरी सोहि दिन अस्पतालबाट डिस्चार्ज भई काठमाडौ स्थित आफ्नै घरमा बस्न थालेका छन् । ६ जना मध्ये तीन जना घाईते भएका थिए ।

डिआईजी भण्डारी प्रहरीमा भन्दा ब्यवसायमा सक्रिय देखिएका छन् ।

जिल्लाको चलाल गणेश रोडा उद्योग लगायतका विभिन्न खानी र क्रसरहरुमा लगानी गरेका भण्डारी प्रहरीमा भन्दा ब्यवसायीहरुमा चर्चित थिए ।

आपराधिक कार्यमा संलग्न डनहरुको साझेदारीमा ब्यवसाय गर्दै आएका भण्डारी सोहि दिन उनकै दबाबमा उक्त स्थानमा पुगेर फर्कदाँ सवारी दुर्घटनामा परेको थियो ।

भण्डारीको निधन पछि प्रहरी कर्मचारीहरुको अपारदर्शी लगानी र संलग्नता माथी प्रश्न उठेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles