26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

उखु किसानको पैसा भुक्तानी नगर्ने व्यापारी अग्रवालको स्वास्थ्य गम्भीर, अस्पताल भर्ना

काठमाडौं , कात्तिक १५ गते ।

उखु किसानको ४७ करोड रुपैयाँ भुक्तानी नदिएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका चिनी मिल संचालक राकेश अग्रावाललाई मध्यराती नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएका इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रीज नवलपरासी र अन्नपूर्ण सुगर मिल्स सर्लाहीका संचालक राकेश अग्रवाललाई मुटुको समस्या देखिएपछि नर्भिक भर्ना गरिएको हो। नर्भिकमा उनको उपचार भइरहेको छ।

प्रहरी अधिकारीहरुका अनुसार मध्यराती एक्कासी छाती दुख्यो भनेर छटपटिन थालेपछि अग्रवाललाई नर्भिक लगिएको हो।

प्रहरीले उनलाई बिहिबार कारबाहीका लागि नवलपरासी पठाउने तयारी गरेपनि अब अस्पतालको अनुमति पर्खनु पर्नेछ।

गृह मन्त्रालयको पत्र आदेशका आधारमा प्रहरीले उखु किसानको ४७ करोड २७ लाख भुक्तानी नदिने मिल संचालक अग्रवाललाई बुधबार काठमाडौंबाट पक्राउ गरेको थियो। गृहको आदेशपत्रपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles