39.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

प्रधानमन्त्रीओलीको स्वास्थ्यमा थप सुधार, डिस्चार्जको तयारी

काठमाडौं , कात्तिक १५ गते ।

छातिको संक्रमणका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको छ ।

उनलाई डिस्चार्ज गर्नेबारे चिकित्सकले छलफल थालेका छन् ।

प्रधानमन्त्री ओलीले लगभग पूर्ण रुपमा स्वास्थ्यलाभको अनुभुति गर्नुभएको महशुस भएको बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रा. डा.उत्तम कृष्ण श्रेष्ठले

बताए । उनले अघि भने, ‘रगतको रिपोर्ट नर्मल अवस्थामा आएको छ ।

छिट्टै स्वास्थ्य लाभ गरेर छिट्टै फर्कनु हुनेछ ।’

अस्पतालले विहीबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा ओलीको स्वास्थ्य स्थिति सन्तोषजनक रहेको र

छिट्टै सामान्य स्थितिमा फर्किने उल्लेख छ ।

प्रधानमन्त्री ओली चार दिनअघि त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles