23.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

७२ वर्षमा नागरिकता

हेटौंडा , कार्तिक १४, २०७५ ।

७२ वर्ष कटेका वृद्धले नागरिकता लिएका छन् ।

नागरिकता लिने उमेर १६ वर्ष भए पनि उनले बुद्धभत्ता बुझ्ने उमेरमा नागरिकता लिएका हुन् ।

बागमती गाउँपालिका–६ का जितबहादुर मुक्तान नागरिकता लिँदा खुशी देखिनुभयो ।

किशोरावस्थामा जिल्लामा कयौं पटक धाउँदासमेत नबनेपछि चुप लागेर बस्नुभएका मुक्तानले नागरिकता लिँदा आफूमा खुशी छाएको बताउनुभयो ।

हाल उहाँ अपांग हुनुहुन्छ ।

उहाँका दाजुभाइले बोकेर ल्याएर उहाँको नागरिकता बनाइदिएको गाउँपालिकाका स्वकीय सचिव मनोज बलले बताउनुभयो । ‘नागरिकता पाइयो, अब वृद्धभत्ता पाइने भयो,’ उहाँले भन्नुभयो ।

आफू अपांग भएर जीवन बिताइरहँदा अब भने केही राहत पाएको भन्दै उहाँले भन्नुभयो–अब त उपचार खर्च र खाजा खाने पैसा हुने भो, सरकारले भत्ता दिन्छ रे, सजिलो हुनेभयो ।

मुक्तान २००३ वैशाख ५ गते बागमती गाउँपालिका–६ मा जन्मिनुभएको हो ।

बागमती गाउँपालिका–६ की शान्तिमाया राईले ७१ वर्षमा नागरिकता पाउनुभयो ।

उहाँले भन्नुभयो–नागरिकता नपाई मर्छु कि भन्ने लागेको थियो, गाउँपालिकाले नागरिकता दियो ।

सरकारले भत्ता दिने भनेको थियो, औषधीउपचार गर्न खर्च हुनेभो ।

उहाँहरुजस्तै बुढेसकालमा नागरिकता पाउने धेरै रहेको भन्दै गाउँपालिका अध्यक्ष सर्केश घलानले भन्नुभयो–त्यस्ता व्यक्तिलाई हामीले खोजी गरी सहज तवरबाट नेपाली नागरिकता प्रदान गर्न लागिरहेका छौं ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जनताले पाउनुपर्ने नैसर्गिक अधिकारबाट कोही पनि बञ्चित नहुन शिविरहरु विभिन्न ठाउँमा सञ्चालन गरिएको बताउनुभयो ।

गाउँपालिकामा नागरिकता शिविर शुरु भएको हो ।

शिविर उद्घाटन प्रजिअ तामाङले गर्नुभएको हो ।

गाउँपालिकाको पहलमा शुरु शिविर पहिलो दिन वडा–६, ७ र ८ का वडावासीका लागि फापरबारीमा सञ्चालन गरिएको हो ।

२० गतेसम्म सञ्चालन हुने शिविरमा नागरिकता प्रदान गर्ने कार्यतालिका रहेको घलानले बताउनुभयो ।

पहिलो दिन २ सय १३ जनाले नागरिकता पाएका छन् ।

जिल्लाबाट नागरिकता लिन कार्यालय पुग्दा लाग्ने खर्च तथा प्रक्रिया सहज बनाउँदै वडामै गएर नागरिकता बितरण गरिएको अध्यक्ष घलानले बताउनुभयो । गाउँमै नागरिकताको सेवा पाएपछि सेवाग्राही हर्षित छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles