30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

जिल्ला प्रशासनमा सार्वजनिक शान्ति विरुद्धको कसुरका मुद्दा बढे

रुकुम , कार्तिक १४, २०७५ ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने सार्वजनिक शान्ति विरुद्धको कसुरका मुद्दा बढेका छन् ।

चाडपर्वको समयमा घटना बढि हुने र नयाँ फौजदारी संहिताले समेत यस प्रकृतिका घटनालाई कडाई गरेकोले मुद्दा बढेका हुन् ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार नयाँ फौजदारी संहिता लागु भएदेखि हालसम्म मात्र ९ मुद्दा दर्ता भएका छन् ।

विगतका वर्षहरुमा सार्वजनिक अपराध सम्बन्धी मुद्दाहरुमध्ये पनि केही अदालत र केही प्रशासनमा दर्ता गर्ने भएपनि नयाँ व्यवस्था अनुसार थप गरिएको सार्वजनिक शान्ति विरुद्धको कसुर र सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर तथा जुवा खेल्ने खेलाउने लगायतका शीर्षकले थुपै घटनालाई समेट्ने भएकोले मुद्दा बढेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका खरिदार देवबहादुर ओलीले बताउनुभयो ।

चाडपर्वको समयमा मादकपदार्थ सेवनले घरेलु हिंसाका केही घटनाहरु बढेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।

पछिल्लो समय सुरक्षा व्यवस्था कडाई गरेकोले चोरीका घटनाहरुमा भने उल्लेख्य मात्रामा कमी आएको उहाँको भनाई छ ।

तवर्षको अभिलेखबाट सरी आएका सहित यस आर्थिक वर्षमा ८ वटा मुद्दा जिल्ला प्रशासन कार्यालयबाट फैसला भईसकेको र अब ३६ मुद्दा फैसला हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

पहिलेको तुलनामा अहिले मुद्दा फछ्र्यौट छिटो गर्ने गरिएको प्रजिअ रेग्मीले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles