26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

अन्नपुर्ण पदयात्रामा बिदेशी भन्दा नेपाली बढी, यात्रुलाई होटल पाउनै मुस्किल

कास्की , कार्तिक १४, २०७५ ।

चितवनका शिबहरी पण्डितले दशैं बिदाको मौका पारेर बिश्वकै उत्कृष्टमा सुचिकृत अन्नपुर्ण पदमार्ग घुमे ।

परिवार सहित पदयात्रामा निस्केका पण्डितले पाँच दिनमा कास्कीको अन्नपुर्ण गाउँपालिकाको झिनु देखि अन्नपुर्ण आधार शिबीर सम्मको यात्रा पुरा गरे ।

‘विश्वभरका मान्छे यही सुन्दरता हेर्न आइरहेका छन’ उनले भने ‘बिश्वकै उत्कृष्ट पदमार्ग आफ्नै देशमा भएर बल्ल घुम्ने अवसर पाए।’

अन्नपुर्ण पदमार्गको सुन्दरताले लोभ्याएको बताउँछन पण्डित ।

चितवनका पण्डित मात्रै होइन काठमाण्डौको बौद्धमा पसल सञ्चालन गर्दै आएका निरज तामाङ्गले पनि यस बर्षको दशैं बिदा मौकामा अन्नपुर्ण आधार शिबीरमा बिताए ।

चार दिनको पैदलयात्रापछि झिनुमा फर्केका तामाङ्ग भन्छन ‘अन्यत्र भन्दा यहाँ आनन्द महसुस गरे ।’

चितवनका पण्डित र काठमाण्डौका तामाङ्ग मात्रै होइन नेपालीहरु पछिल्लो समय पदयात्रामा रमाउन थालेका छन ।

नेपालीहरु बिदा मनाउन सडक मार्गबाट घुम्ने क्रम पहिले पनि थियो तर पछिल्लो समय पदयात्रामा समेत रमाउन थालेका छन ।

पदयात्रामा नेपालीहरुको आकर्षण बढे संगै अन्नपुर्ण पदयात्रा मार्गमा पछिल्लो समयमा बिदेशी भन्दा नेपाली बढी देखिन थालेका छन ।

छोम्रुङ्ग पर्यटन ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष इन्द्रप्रसाद शर्माका अनुसार यस बर्ष मुख्य सिजनमा बिदेशी भन्दा नेपाली पर्यटक बढी आएका छन ।

पहिले बिदेशी पर्यटकका भरिया र गाइड बाहेक अन्य नेपाली देख्न मुस्किल पथ्र्यो अहिले बिदेशी भन्दा नेपाली धेरै देखिन थालेका छन ।

‘पाँच बर्ष अघि सम्म पदयात्रामा नेपाली आउने गरेका थिएनन।’ उनले भने ‘बिदेशी जस्तै नेपालीमा पनि पदयात्रा गर्ने क्रम बढेको छ ।’

कास्कीको अन्नपुर्ण गाउँपालिका ११ घान्द्रुक सम्म सडक बनेको छ भने झिनु देखि अन्नपुर्ण आधार शिबीर सम्म पदयात्रा गरेर फर्कने गरेका छन ।

झिनुदेखि अन्नपुर्ण आधार शिबीर सम्म ५१ वटा होटल छन । धेरै होटलहरु छोम्रुङ्गमा नै भएकाले त्यसभन्दा माथि होटलको संख्या कम छ ।

बिदेशी पर्यटकले पहिले नै होटल बुकिङ्ग गर्ने भएकाले नेपाली पदयात्रीहरुको चाप बढेपछि होटल पाउन मुस्किल हुन थालेको छ ।

‘बिदेशीले पहिले नै बुकिङ्ग गरेको हुन्छ’ झिनुस्थित इभरग्रिन होटलका सञ्चालक देबीप्रसाद शर्मा भन्छन ‘नेपालीहरुले त्यही भएर कोठा पाउन कठिन भएको हो ।’

अन्नपुर्ण आधार शिबीरमा आन्तरिक र बाह्य पर्यटकको चाप बढेपछि होटलको क्षमता बिस्तार गर्ने र नयाँ होटल खोल्ने योजना अघि सारिएको छ ।

अन्नपुर्ण गाउँपालिका ११ का वडा अध्यक्ष तथा पर्यटन ब्यबसायी हिमबहादुर गुरुङ्ग गाउँपालिकाले थप होटल खोल्न र भएका होटलको क्षमता दोब्बर बनाउने निर्णय गरेकाले सरकारी तहमा स्विकृती लिने प्रकृया अघि बढेको बताउँछन ।

‘यस क्षेत्रमा भएका होटलको क्षमता दोब्बर बनाउने र नयाँ होटल खोल्न प्रकृया अघि बढाएका छौ’ उनले भने ‘अन्नपुर्ण क्षेत्र संरक्षण आयोजनाबाट स्विकृती लिएपछि होटलको क्षमता बिस्तार र नयाँ होटल थप्छौ।’

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles