36.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ,  कात्तिक १४ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

छातीमा सङ्क्रमण भएर स्वास फेर्न असहज भएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हँुदै गएको छ ।

मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको जानकारी दिनुभयो ।

अस्पतालले मङ्गलार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको जानकारी दिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा रगत परीक्षण र एक्स रे रिपोर्टहरू सकारात्मक रहेको र स्वास्थ्य सुधारोन्मुख रहेको उल्लेख छ ।

प्रधानमन्त्रीको उपचारमा संलग्न डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले बिहान आफैँले खाजा खाएको तथा

दाह्री समेत काट्नुभएको जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रको अवस्था सामान्य छ’, डा. सायमीले भन्नुभयो, ‘परीक्षण गरिएका सबै रिपोर्टहरू सकारात्मक आएकाले अब आत्तिनुपर्ने कुनै अवस्था छैन ।’

डा. सायमीले प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखेर चिकित्सकको निगरानीमा उपचार गराउन सके राम्रो हुने भन्दै केही दिन अस्पतालमै राखिने जानकारी दिनुभयो ।

दशैँमा धेरैजना व्यक्तिसँग भेटघाट गरेको कारण प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण भएको हुनसक्ने अनुमान चिकित्सकहरूले गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीले अस्पतालबाटै जारी गर्नुभएको वक्तव्यबाट पनि प्रष्ट हुन्छ’, सल्लाहकार अर्यालले भन्नुभयो, ‘अस्पतालले छिट्टै डिस्चार्ज गर्ने जानकारी दिएको छ ।’

कार्यव्यस्ततालाई ध्यानमा राखि पहिलेकै जस्तो स्वस्थ बनाउन सघन उपचार कक्षमा राखेर उपचार भइरहेको स्पष्ट गर्दै उहाँले संक्रमण फैलन नदिनका लागि भेट्न आउने व्यक्तिलाई कडाइ गरिएको बताउनुभयो ।

सल्लाहकार अर्यालले अस्पतालको अनुरोधलाई ध्यानमा राखी चाँडै नियमित काममा फर्कन सक्ने गरी स्वास्यलाभ गर्ने वातावरण उपलब्ध गराउन सबै शुभेच्छुकहरुलाई आग्रह पनि गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको उपचार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीको नेतृत्वमा डा. दीव्यासिंह शाह र डा. सन्तकुमार दासको टोलीले गरिरहेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधार भएपनि संक्रमण पुनः फैलनसक्ने भएकाले शनिबारसम्म अस्पतालमै राखेर उपचार गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

डा. श्रेष्ठले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीले आजभोलि नै डिस्चार्ज भएर जान्छु, म ठिक भइसके भन्नुभएको छ तर हामीले कम्तीमा पनि शनिबारसम्म अस्पतालमै राखेर उपचार गर्ने तयारी गरेको बताउनुभयो ।

अस्पतालका निर्देशक डा. श्रेष्ठले भेट गर्न जाने जोकोहीलाई प्रधानमन्त्री ओलीसँंग भेट नगराई चिकित्सकद्वारा स्वास्थ्य अवस्थाबारे ब्रिफिङ्ग गरेर पठाइएको जानकारी दिनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles