27.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

घाँटी काटी हत्या गरेको अभियोगमा ४ जना पक्राउ

बारा , कार्तिक १३, २०७५ ।

एक वृद्धको घाँटी रेटी हत्या गरेको अभियोगमा बाराको कलैयाबाट प्रहरीले हत्याका मुख्य योजनाकार सहितका ४ जनालाई मंगलबार पक्राउ गरेको छ ।

प्रहरीले कलैया उपमहानगरपालिका–२३ कोइरियाटोलका ६५ वर्षिय नन्दलाल राउत कुर्मीको हत्याको मुख्य योजनाकार रहेको आरोपमा स्थानीय ४५ वर्षिय वीरेन्द्र पटेल भन्ने वीरेन्द्रलालप्रसाद जैसवाल र ५५ वर्षिय जोधा भन्ने रामअयोध्या दास तत्मालाई पक्राउ गरेको हो ।

त्यसैगरी घटनामा सहयोगीको भूमिका खेलेको भन्दै १९ वर्षका विशाल पटेल र ६५ वर्षका बैजनाथ राउत कुर्मीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए ।

नन्दलालको गत कात्तिक १० गते बेलुका ८ बजे आफनै घर नजिकै गोठमा धारिलो हतियारले घाटी र टाउकोमा प्रहार गरी हत्या भएको थियो ।

पक्राउ परेका अभियुक्तहरुलाई बारा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न अन्य फरार रहेका अभियुक्तहरुको पहिचान तथा खोज तलाश भईरहेको प्रहरीले जनाएको छ ।

जमिनको लोभले हत्या आशंका 
जग्गाजमिन प्रशस्त रहेको र छोराछोरी पनि नरहेकाले नन्दलालको हत्या जमिन र पैसा प्राप्तिको ल ागि भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृतक नन्दलाल राउत कुर्मी निःशन्तान थिए ।

उनका एक भाई अम्बिका राउत कुर्मिको १ छोरा र ३ जना नातिनी रहेकोमा छोराले करिब १०÷१२ वर्ष अगाडी घर छाडेर बेपत्ता छन ।

मृतक दाजु–भाई हालसम्म संगोलमा नै बस्दै आएका थिए ।

नन्दलाल घर मुली थिए ।

नन्दलालको नाममा ५ बिगाहा भन्दा जग्गा जमिन रहेको बताइएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles