37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

विद्यार्थीलाई लागु पदार्थ दुव्र्यसन विरुद्ध प्रशिक्षण

पाल्पा , कार्तिक १३, २०७५ ।

ईलाका प्रहरी कार्यालय रामपुरले जनविकास माध्यमिक बिधालयमा कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई लागु पदार्थ दुव्र्यसन विरुद्ध सचेतनामूलक प्रशिक्षण कार्याक्रम गरेको छ ।

नेपालमा घट्ने बिबिध प्रकारका अपराधहरु मध्ये प्रमुख अपराध तथा सामाजिक दुर्व्यसनको रुपमा रहेको लागु औषधलाई कानूनी कार्वाहीले मात्र नियन्त्रण गर्न असम्भव भएकाले विद्यार्थी लक्षित कार्यक्रमको आयोजना गर्नु परेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा बिधार्थीहरुलाई लागु औषध भनेको के हो? व्यक्ति,समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात के कस्ता लक्षणहरु देखा पर्दछन ? यसको कुलतमा फसेकाहरुलाई कसरी सुधार गर्र्न सकिन्छ भन्ने वारेमा प्रशिक्षित गरिएको थियो ।

साथै लागु औषधको सेवन, बिक्रि बितरण तथा ओसारपसार गर्नेलाई लागु औषध नियन्त्रण ऐन २०३३ लगायतका नेपालमा प्रचलित अन्य कानूनहरुले समेत के कस्तो सजायंको व्यबस्था गरेको छ ? लागु औषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा बिधार्थी, बिद्यालय, अविभावक र अन्य सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका लगायतका बिषयहरुमा केन्द्रित रहि ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा एक सय ७० जना विद्यार्थीको सहभागिता थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles