कपिलवस्तु दुर्घटना अपडेटः ३ जनाको मृत्यु, ३३ जना घाइते

द्वारा : सुदुर न्युज
Accident
0

बुटवल , कार्तिक १२, २०७५ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे जंगलमा बस र टिपर ठोक्किदा३ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नंम्बरको टिपर एक आपसमा ठोकिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी दाङ गढवाकी २५ वर्षीया पूजा सुनार, ४ वर्षीय सुशान्त सुनार र नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका एक पुरुषको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएकाे  छ ।

दुर्घटनामा ३३ जना घाइते भएका छन् ।

घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको । गम्भीर घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy