41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

तिहार, छठ नजिकिँदै गर्दा दलित बस्तीमा खुशी छाउँदै

बर्दिवास, कात्तिक १२ गते ।

तिहार र छठपर्व नजिकिँदै गर्दा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमा खुशी छाएको छ ।

मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा र अन्य खेलौनाको माग हुने भएकाले बाँसको चोयाबाट यी सामान बनाएर बेच्ने पुख्र्यौली ब्यवसाय अँगाल्दै आएका डोम बस्तीमा खुशी छाएको हो ।

चरम गरीबीले गर्दा वर्षभरि अभावनै अभावमा बित्ने डोम समुदायमा ससाना नानीको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ ।

“ससाना नानी र घरपरिवारका रहर त हामी गरीबका पनि हुँदा रे छन्” एकाबिहानै चोयाको छिटी बुन्न तल्लिन रहेका जिल्लाको भङ्गाहा नगरपालिका–५ को सीतापुर बजारसँगैको डोम बस्तीका अगुवा प्रगाश मरिकले भन्नुभयो, “ती सबै रहर र चाहना हामीले

तिहार र छठपर्वमा पूरा गर्ने आश साँचेका हुन्छौँ ।”

तिहार र छठ नजिकिँदै गर्दा ससाना नानीको फर्माइस ९माग० पनि दिनहुँजसो बढी रहेको हुन्छ ।

‘बाबु, दिवाली आ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी ला दिहा’ ९बुबा, म तिहार र छठपर्वमा चङ्गा उडाउँछु, मलाइ रङ्गीवीरङ्गी चङ्गा ल्याई दिनुहोला० तिहार र छठपर्वका लागि माग भएका चोयाका समान बुनी रहेका जिल्लाकै रामगोपालपुरका अछवा मरिकको छेउमै खेल्दै आइपुगेका उनका सात वर्षीय छोरा अजय मरिकले माग गरे ।

शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक भन्ने कुराबारे पूरै बेखबर रहेका डोम ससाना पराले झोपडीमा पुस्तौँदेखि गुजारा चलाइ रहेका छन् ।

चरम गरीबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्नीसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका समान बेचेर प्राप्त हुने आम्दानी र सुँगुर पाल्ने पुख्र्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ ।

तिहार र छठचैँ आपूmहरूले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्व प्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र

मनले बनाइने गरिएको डोम बताउँछन् ।

जिल्लाभरिमा एक हजार ५० ९२०६८ सालको जनगणनाअनुसार, स्रोत–जिल्ला तथ्याङ्क कार्यालय महोत्तरी० मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येकजसो बस्तीको पुछारमा एक÷दुई घरमा बसोबास गरेका भेटिन्छन् ।

तिहार र छठ नजिकिएसँगै डोम बाँसको खोजमा निस्कने र घर ल्याइएका बाँस फोडेर ९फुटाएर० चोया काढ्दै त्यसबाट आफ्नो सीप पोखी रहेका छन् ।

तिहार र छठले आफ्नो झुप्रा बस्तीमा पनि खुशी छिराउने आम डोम जातिको सपना छ ।

यही बेला आफूहरूका लागि नयाँ लुगा फेर्न, मीठोमसिनो खान र नानीहरूको रहर पूरा गर्र्न उपयुक्त

अवसर भएको डोम समुदायका अगुवा बताउँछन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles