36.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष प्रचण्ड शिक्षण अस्पतालमा

काठमाडौँ, कात्तिक १२ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ ।

प्रधानमन्त्री उपचारार्थ शिक्षण अस्पतालमा पुगेर अध्यक्ष दाहालले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।

रुघाखोकी सामान्य अवस्थामा नआएपछि स्वास्थ्योपचारका लागि प्रधानमन्त्री ओली आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका महासचिव विष्णु पौडेल, नेता झलनाथ खनाल पनि अस्पताल पुग्नुभएको छ ।

यस्तै गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी,केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।

प्रधानमन्त्रीलाई भेटेर बाहिर निस्कनुभएका नेकपा नेता रायमाझीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उपचार भइरहेको जानकारी दिनुभयो ।

अस्पतालले केही समयपछि पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने बताएको छ ।

प्रधानमन्त्रीको मनमोहन काडियोथोरासिस भास्कलुर एण्ड ट्रान्सप्लान्ट केन्द्रमा उपचार भइरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles