23 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी

काठमाडौँ, कात्तिक ११ गते ।

केन्द्रीय कारागार स्थानान्तरण गर्ने उद्देश्यसहित नुवाकोटमा निर्माणाधीन कारागार चालु आर्थिक वर्षको अन्त्यदेखि नै सञ्चालनमा आउने भएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले नुवाकोटको त्रिशूलीमा एकहजार पाँचसय जना रहनसक्ने

क्षमताको कारागार रहने छ ।

एउटा पुरुष ब्लक निर्माण कार्य असारसम्म सम्पन्न भई सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

नुवाकोटको त्रिशूलीमा ५३९ रोपनी क्षेत्रफलमा सात हजार कैदीबन्दी क्षमताको केन्द्रीय कारागार बनाउने लक्ष्य अनुसार निर्माण भइरहेको कारागारमा एकहजार पाँचसय जना रहने क्षमताको चारवटा पुरुष ब्लक र एकहजार जना क्षमताको एउटा महिला ब्लक गरी जम्मा पाँचवटा ब्लक निर्माण गरिने जानकारी महानिर्देशक मैनालीले दिनुभयो ।

विसं. २०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौँस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानन्तरण गर्ने निर्णय गरेको थियो ।

निर्माणाधीन उक्त कारागारमा काठमाडौँस्थित केन्द्रीय कारागारका कैदीबन्दीलाई सारिने योजना रहेको जानकारी उहाँले दिनुभयो । कारागार निर्माणका लागि ५३९ रोपनी जग्गा कारागार व्यवस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण भइसकेको छ ।thuna
निर्माणाधीन उक्त कारागारमा पुरुष, महिला, समलिङ्गी, तेस्रोलिङ्गी, जघन्य अपराधमा संलग्न, मानसिक रोगीका लागि समेत छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ ।

त्यसैगरी, कैदीबन्दीको प्रजनन अधिकारको कार्यान्वयनका लागि पति–पत्नी भेटघाट कक्ष निर्माण गर्नुका साथै विभिन्न उमेर समूहका कैदीबन्दीहरुलाई समेत छुट्टाछुट्टै राखिने गरी उक्त कारागार निर्माण भइरहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

त्यसैगरी, उक्त कारागारमा आधुनिक अस्पताल, खेल मैदान, सीप प्रवद्र्धन केन्द्र, विद्यालय, पुस्तकालयलगायतको आधुनिक भौतिक संरचनाको विकास गरिने छ ।

करिब बीस हजार कैदीबन्दी

कारागार व्यवस्थापन विभागका अनुसार यस बर्षको साउनसम्म मुलुकभरि कारागारमा १९ हजार ८५४ कैदीबन्दी रहेकोमा महिलाको सङ्ख्या एकहजार २९२ रहेका छन् । त्यसैगरी, एकहजार ११२ जना विदेशी कैदीबन्दी र ६५ जना आश्रित बालबालिका रहेका छन् ।

त्यस्तैगरी, विभागद्वारा सञ्चालित तीन बालसुधार गृहमध्ये सानो ठिमी भक्तपुरमा १४३ बालक र चार बालिका गरी १४७ जना, विराटनगरमा ६७ जना र साराङकोट पोखराको बालसुाधार गृहमा ४४ जना बालक रहेका छन् । त्यसैगरी, काभ्रे कारागारमा १८ र लमजुङ कारागारमा दुई जना मानसिक रोगी कैदीबन्दी रहेका छन् ।

नयाँ फौजदारी मुलुकी संहिताले बालबालिकाको उमेर १६ बाट १८ कायम गरेको हुनाले बालसुधार गृहमा बालबालिकाको सङ्ख्या बढ्दै गएकाले पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडा, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र डोटीको सिलगढीमा बालसुधार गृह स्थापना गरिएको जानकारी महानिर्देशक मैनालीले दिनुभयो ।

धनुषा, बारा, भक्तपुर, नवलपरासी पूर्व र रुकुम पूर्व जिल्ला बाहेक ७२ बटा जिल्लामा अहिले ७४ वटा कारागार छन् ।

नेपालमा कारागारको इतिहास १९७१ सालबाट सुरु भएको हो ।

नेपालको पहिलो कारागार कारागार शाखा काठमाडौँ जगन्नाथदेवल हो ।

सुरुमा यसलाई सदर जेल भनिन्थ्यो र अहिले केन्द्रीय कारागार भनिन्छ ।

पहिले जेल मुख्तियारको मातहतमा रहन्थ्यो र यसको प्रमुख जर्नेल रहने व्यवस्था थियो ।

२००७ सालको जनक्रान्तिपछि कारागार प्रशासन गृह मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles