35.4 C
Mahendranagar
Thursday, March 28, 2024
spot_img

हिन्दु धर्मको संरक्षण गर्न बेदको पढाई

बाँके, कार्तिक १०, २०७५ ।

हिन्दु स्वयमंसेवक संघ नेपाल, नेपालगञ्जले प्राथमिक शिक्षा वर्ग कार्यक्रम सञ्चालन गरेको छ ।

हिन्दु धर्म, संस्कृतिको जर्गेना गर्दै युवा पुस्तालाई आफ्नो राष्ट्रप्रति उत्तरदायी, कर्तब्यनिष्ठ र चरित्रवान बनाउन

कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा तीन जिल्लाहरु बाँके, बर्दिया र सुर्खेत जिल्लाका ७२ जना युवाहरुको सहभागिता रहेको छ ।

युवाहरुलाई शारीरिक, मानसिन र बौद्धिक ज्ञान बढाउने प्रशिक्षण दिइने छ ।

हिन्दु स्वयमंसेवक संघ नेपाल, पश्चिम क्षेत्रका प्रचारक विकुुल दाहालका अनुसार, शारीरिकतर्फ योग, ध्यान र खेल, बौद्धिकतर्फ वेद धर्मग्रन्थ, मानसिकतर्फ मनलाई कसरी एकाग्र बनाउने भन्ने बारेमा कला प्रशिक्षण दिइने छ ।

संघले यस्तो किसिमको शिक्षा वर्ग प्रशिक्षण देशका विभिन्न ठाउँमा गर्दै हिडेको छ ।

यतिनै बेला महेन्द्रनगर, डडेल्धुरामा कार्यक्रम भइरहेको छ । ३४ जिल्लामा शिक्षा वर्ग सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

डा. दिपक अधिकारी, भुवन चन्द्रा, नारायण प्रसाद ढकाल र बासुदेव मिश्रले सहजीकरण गरिरहेका छन् ।

प्रशिक्षणमा सहभागी हुुन आएका सुर्खेत इतरामका युवा मदनकृष्ण न्यौपानेले आफुले केही नौलोपन महसुस गरिरहेको र त्यसलाई व्यवहारमा उतार्ने बताउनुभयो ।

बाँकेका अभिजित तिवारीले आफनो हिन्दु धर्म र संस्कृति बारे बुझ्ने अवसर मिलेको बताउनुभयो ।

कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा पूर्वमन्त्री सर्वदेव ओझा, डा. जनार्दन आचार्य, कृष्णा पाण्डे र विश्वनाथ अग्रवाल शुभकामना दिन पुगेका थिए ।

सो अवसरमा उनीहरुले आफ्नो भाषा, धर्म र संस्कृतिको रक्षाको लागि यस्ता जागरण कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles