26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

खोप लगाएको भोलिपल्टै बालकको मृत्यु

बाँके , कार्तिक १०, २०७५ ।

खोप लगाएको भोलीपल्टै बालकको मृत्यु भएपछि बाँकेको इन्द्रपुरमा तनाव भएको छ ।

जानकी गाउँपालिका–३, इन्द्रपुरबाट खटिएको टोलीले शुक्रबार रम्भापुर भन्ने गाउँमा बालबालिकालाई खोप लगाएको थियो ।

विहान साढे दश बजे खोप लगाएका ५० दिनका बालक साजन अलि नाउको आज शनिबार विहान चार बजे मृत्यु भएपछि परिवार तथा स्थानीयले आक्रोश पोखेका हुन् ।

बालकलाई शुक्रबार १०.३० बजे डीपीटी, एफआइटीभी, पीसीबी र मुखबाट खुवाउने पोलियो थापा (ओपीभी) खुवाइएको थियो ।

दिउँसोभरी कुनै असर नदेखिएका बालकको राती सुतेको ठाउँमै मृत्यु भएको थियो ।

दूख खाएर सुतेका बालकको विहान चार बजे मृत्यु भएको थियो ।

बालकको मृत्यु भएपछि परिवार तथा स्थानीयले खोपका कारणले हो भन्दै आक्रोश पोखेका छन् ।

स्थानीयको भीडले खोप लगाउने स्वास्थ्यकर्मीलाई कारबाहीको माग गरेका छन् ।

प्रहरीले आवश्यक अनुसन्धानका लागि खोप लगाउने अनमी सन्ध्या धिमाललाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।

बच्चा जन्मिने बित्तिकै बीसीजी खोप लगाइन्छ । एक महिनापछि उल्लेखित खोप तथा पोलियो थोपा खुवाउने जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले बताउनुभयो ।

इन्द्रपुरको घटनामा खोप या अनमीको कमजोरीबारेमा बुझ्दै गरेको बताए ।

‘खोप या स्वास्थ्यकर्मीको गडबडी भए तत्कालै या केही घण्टामै असर देखिन्छ, यो घटनामा त धेरै समय भइसकेको थियो, चन्दले भन्नुभयो ।

जनस्वास्थ्य अधिकृत चन्दले यस्ता घटना बाहिर आएपछि बाल स्वास्थ्य महाशाखा, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरु अनुसन्धान गर्न आउने बताए ।

यो घटनामा पनि भोली या पर्सी नै विश्व स्वास्थ्य संगठन, बाल स्वास्थ्य महाशाखा र प्रदेश निर्देशनालयबाट अनुसन्धान टोली आउने चन्दले जानकारी दिनुभयो ।

स्थानीयको आक्रोशलाई शान्त पार्न विहानै जिल्लाबाट प्रहरी निरीक्षक रणबहादुर विष्टको टोली घटनास्थलमा पुगेको थियो ।

जम्मा भएका स्थानीयले खोप लगाउने व्यक्तिलाई आफूहरुसँग ल्याउन आग्रह गरेका थिए । प्रहरीले भीडमा कुनै अप्रिय घटना हुन सक्ने भन्दै अनमीलाई अनुसन्धानका लागि भन्दै जिप्रकामा ल्याएको छ ।

प्रहरीले परिवारका सदस्यलाई सम्झाई बुझाई गरेर शवलाई पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा पठाएको छ ।

पीडित परिवार खोप लगाउने अनमीलाई कारबाही नहुँदासम्म शव नउठाउने अडानमा थिए ।

पछि अपरान्ह जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारसँग वार्ता भएको थियो । पीडित परिवारले छानबिन हुनुपर्ने माग अघि सारेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles