29.4 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

छुट्टाछुट्टै दुर्घटनामा दुई घाइते

नुवाकोट , कार्तिक १०, २०७५ ।

शनिवार विहान नुवाकोटमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जना घाइते भएका छन ।

घाइते हुनेमा सूर्यगढी गाउँपालिका वडा नं १ लच्याङकी मसिनी दर्जी र केउरीनी वस्ने १० बर्षिय बालिका संजिता फुयाल रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

दर्जीलाई बिदुर नगरपालिका वडा नं १ को त्रिशुली बजारमा काठमाण्डौबाट त्रिशुली तर्फ आउदै गरेको बा २ ख ९०६७ नम्बरको बसले झर्ने क्रममा बायां खुट्टामा किचेका नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले बताए ।

दर्जीलाई उपचारको लागी त्रिशुली अस्पतालमा लगिएको छ ।

उनको अवस्था सामान्य रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

त्यस्तै बिदुर नगरपालिका वडा नं ४ बट्टारमा बिदुरबाट गंगटे तर्फ जांदै गरेको बा ६५ प ९८४४ नम्बरको को मोटरसाइकलले फुयाललाई बाटो काट्ने क्रममा मोटरससाइकलले ठक्कर दिई घाइते बनाएको छ । उनको उपचारको सापकोटा मेडिकल बट्टार भइरहेको छ ।

दर्जी र फुयाललाई ठक्कर दिने वस र मोटरसाइकललाई नियँत्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles