25.9 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

विराटनगर आँखा अस्पतालमा ६८ हजारभन्दा बढीको शल्यक्रिया

विराटनगर , कार्तिक १०, २०७५ ।

विराटनगर आँखा अस्पतालले गएको बर्षमा ६८ हजारभन्दा बढी विरामीको आँखाको शल्यक्रिया गरेको छ ।

अस्पतालले बार्षीक समीक्षात्मक कार्यक्रममा गरी सो बिषयमा जानकारी गराइएको हो ।

अस्पतालका प्रोग्राम डाइरेक्टर डाक्टर संजयकुमार सिंहले २०१७ को जनवरीदेखि डिसेम्बर सम्म अस्पतालले ६८ हजार ५ सय ९८ जनाको शल्यक्रिया गरेको जानकारी दिए ।

एक आर्थिक बर्षमा सो संख्याको शल्यक्रिया गर्ने विराटनगर आँखा अस्पताल नेपालकै पहिलो भएको उनले बताए ।

सोहि अवधिमा ४ लाख बढी विरामीको आँखाको सफल उपचार गरिएको जानकारी समेत उनले दिए ।

अस्पतालले गरेको समुदायगत कार्यक्रमको प्रतिवेदन प्रस्तुत गदै अस्पतालका प्रोग्राम कोअर्डिनेटर डाक्टर सुधिर ठाकुरले अस्पतालले गएको बर्ष ३ सय निशुल्क आँखा जाँच शिवीर आयोजना गरेको बताए ।

उनले शिविरमा आएका विरामीहरुको निशुल्क शल्यक्रिया र उपचार गरिएको समेत बताए ।

अस्पतालले आउदो एक महिना भित्र बिरामीले चश्मा लगाउन नपर्ने लैसिक सर्जरी प्रबिधि भित्र्याउन लागेको अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी दिए ।

सो अस्पतालले आँखाको उपचार र शल्यक्रिया गर्नुकासाथै पुर्णरुपमा दृष्टिबिहीन भएर उपचार सम्भव नभएकाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर पुर्नस्थापनाको कार्य समेत गरिरहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

सेवा र सुविधाको हिसाबले सो अस्पताल विश्वकै तेश्रो ठूलो अस्पतालको रुपमा स्थापित भइसकेको दावी गरिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles