41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

भेडा चोरी मुद्धामा कारागार चलान

खोटाङ , कार्तिक १०, २०७५ ।

खोटाङमा भेडा चोरी गरेको मुद्धाका दोषीलाई कारागार चलान गरिएको छ ।

भेडा चोरी गरेको मुद्धामा दोषी ठहरिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १८ वर्षीय सन्तोष राईलार्ई एक महिना थुनाका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

चोरी मुद्धामा आरोपितलाई जिल्ला अदालत खोटाङबाट २०७४ साल भदौ ७ गते १ महिना कैंद हुने र १५ हजार जरिवाना भराउने फैसला सुनाइएको थियो ।

सजाय सुनाइए पनि हालसम्म फरार रहेका राईलाई असोज ३० गते घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दशैं बिदाका कारण अदालत खुलेपछि कात्तिक ८ गते अदालतमा पेश गरिएका राई सोही दिन कैंद भुक्तानका लागि जेल पठाइएका हुन् ।

उनीमाथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जयन राईको भेडा चोरी गरेको अभियोग छ ।

सोही मुद्धाका दुई अभियुक्त तोकिएको कैंद सजाय भुक्तानका लागि जेल चलान भइसकेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles