29.4 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

नवलपरासीमा बस दुर्घटना, एघार घाइते

कावासोती, कात्तिक १० गते ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडाँैका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ना६ख ५९२ नं को ट्रकमा ठोक्“िदा सो दुर्घटनामा भएको हो ।

दुर्घटनमा परी घाइते भएका ११ जनाको नया“ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकृत लीलाराज लामिछानेले बताउनुभयो । घाइतेको नाम, ठेगाना खुल्न बा“की रहेको उहा“ले बताउनुभयो ।

गए राति भएको अर्को सवारी दुर्घटनामा एक जना घाइते भएका छन् ।

देवचुली नगरपालिका–१६ स्थित राजमार्गमा ना४२प ५०९५ नं को मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दि“दा देवचुली–१६ का ४५ वर्षीय सुमन अधिकारी घाइते हुनुभएको थियो ।

उहा“को अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles