29.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

‘भर्जिन’ हिमाल आरोहण खुला गर्न अनुरोध

हेटौंडा , कार्तिक ९, २०७५ ।

३ नम्बर प्रदेश सरकारले सिन्धुपाल्चोकमा रहेको जुगल हिमाल आरोहण खुला गर्न नेपाल सरकारसँग अनुरोध गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले प्रस्तावमा हिमाल आरोहण खुला गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

यसअघि उक्त हिमाललाई खुला गराउने चर्चा चले पनि खुला हुन सकेको भने छैन ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमालको क्षेत्रभित्र दोर्जे लाक्पा, फुर्बा घिप्चेलगायत हिमाल छन् ।

उक्त हिमालले ‘भर्जिन’ हिमालको उपमा पाएको छ ।

सिन्धुपाल्चोकलाई पर्यटकीय जिल्लाका रुपमा परिचित गराउने उद्धेश्यले जुगल हिमालको आरोहण गराउने तयारी गरिएको हो ।

जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमाल रेञ्जभित्रको दोर्जे लाक्पा, फुर्बा घिप्चे लगायत हिमालमा आरोहणका लागि केन्द्र सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको हो ।

दोर्जे लाक्पाको उचाइँ ६ हजार ९ सय ६६ मिटर छ । त्यस क्षेत्रको विकासका लागि जुगल हिमालको आरोहणपछि पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य हुनेछ ।

जुगल हिमाल आरोहण खुला भएपछि सिन्धुपाल्चोकमा नयाँ पर्यटकीय रुट खुल्ने पर्यटन व्यवसायीले बताएका छन् ।

सरकारले पहिलोपटक राजधानीबाट सबभन्दा नजिक सिन्धुपाल्चोकका दुई हिमाल आरोहण खुला गरेको छ ।

पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा त्यहाँका याङ्ग्री र लेन्पोगाङ (इस्ट) परेका हुन् ।

जुगल हिमशृंखलामा पर्ने दुवै हिमाल जिल्लाका उत्तरपूर्वी गुम्बा गाविसमा छन् । पर्यटन प्रवद्र्धकहरुको लामो प्रयासपछि दुई हिमालले पर्वतारोहण अनुमति पाएका हुन् ।

याङ्ग्री ६ हजार ६ सय ३५ र लेन्पोगाङ हिमाल ६ हजार ६ सय ३३ मिटर अग्लो छ ।

सिन्धुपाल्चोकलाई हिमालको जिल्ला भन्न उपयुक्त हुने स्थानीय बताउँछन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles