26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

नगरपालिकाका ४४ प्रतिशत घरधुरी विद्युत सेवाबाट बञ्चित

खोटाङ , कार्तिक ९, २०७५ ।

कात्तिक–९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरीमा अझै पनि केन्द्रीय विद्युत प्रशारण लाइन पुगेको छैन ।

उक्त नगरपालिका भित्रका करिब दुई तिहाई अर्थात ६६ प्रतिशत घरधुरीले मात्र हाल केन्द्रीय विद्युत उपभोग गरिरहेका छन् ।

दश हजार ५० घरधुरी रहेको नगरपालिकाका २१ प्रतिशत घरधुरीले अझै पनि मट्टीतेल तथा टुकी प्रयोग गरिरहेका छन् ।

नगरपालिकाले तयार गरेको तथ्याङ्क अनुसार सात प्रतिशतले सोलार र एक प्रतिशतले बायोग्याँस प्रयोग गर्दै आएका छन् ।

पन्ध्र वडा रहेको नगरपालिकाको वडा नम्बर १ र १५ मा शतप्रतिशत केन्द्रीय विद्युत प्रशारण भएको नगरपालिकाले जनाएको छ ।

वडा नम्बर २ मा ९३, ३ मा ९६, ४ मा ९८, ५ मा ९८, ६ मा ९९, ७ मा ८५, ८ मा ९०, १३ मा ९८ प्रतिशत घरधुरीमा विद्युत विस्तार भएको पाइएको छ ।

वडा नम्बर ९, १०, ११ र १२ मा अहिलेसम्म केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको छैन ।

स्थानीय लघु जलविद्युत प्रशारण लाइनबाट वडा नम्बर ९ मा १६, १० मा ६५, ११ मा ७० र १२ मा शतप्रतिशत विद्युत पुगेको पाइएको छ ।

जिल्लामा केन्द्रीय विद्युत विस्तार भएको १६ वर्ष बितिसक्दा पनि सबै वडामा विद्युत सेवा नपुग्नुमा सम्बन्धित निकायको ध्यान नपुगेको उपभोक्ताको आरोप छ ।

विद्युत विस्तार भएको ठाउँमा पनि नियमित सेवा नहुँदा उपभोक्ता हैरानीमा परेका छन् ।

आगामी दुई वर्षभित्र सबै वडामा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गर्ने तयारीका साथ नगरपालिका अगाडी बढेको नगर उपप्रमुख वीणादेवी राईले बताउनुभयो ।

नगरपालिकाभित्रकै कतिपय वडामा विद्युत प्राधिकरण आफैले विद्युत विस्तार गरिरहेको पनि उपप्रमुख राईले जानकारी दिनुभयो ।

साप्सुखोलामा निर्माणाधीन सात दशमलव १५ मेगावाटको विद्युत समेत दुई वर्षभित्र उत्पादन हुने भएकाले दुई वर्षपछि नगरपालिकाभित्र विद्युत आपूर्ती बन्द नहुने नगरपालिकाले जनाएको छ ।

जिल्लामा २०५८ सालमा केन्द्रीय विद्युत प्रशारण सुरु गरिएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles