26.5 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

झापा कारागारमा बलात्कार मुद्दाका कैदी धेरै

भद्रपुर , कार्तिक ९, २०७५ ।

झापा कारागारमा रहेका कैदीबन्दीमध्ये सवैभन्दा बढी बलात्कारका मुद्दाका घटनामा परेको पाइएको छ ।

पछिल्लो समय अध्याधिक रुपमा बढेर गएको बलात्कारको घटनाका अभियुत्तले कारगार भरिएको छ ।

हालसम्म २ सय ७९ ओटा मुद्दामा ८६ जनाले कैद सजाय भूत्तान र बाँकी पुर्पक्षका लागि थुनामा रहेको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा रहेका कैदीबन्दीमा जबरजस्ती करणीका मुद्दामा बालिका तथा किशोरीका घटनामा बढी परेको कारगार प्रशासन प्रमुख यज्ञराज निरौलाले जनाए ।

अन्य घटनाको तुलनामा यो मुद्दामा बढी मानिस परेको उनको भनाइ छ ।

झापाको विर्तामोड,अर्जुनधारा,हल्दीबारी,दमक लगायतका क्षेत्रहरुमा बलात्कारको घट्ना बढी हुनेगरेको विभिन्न घटनाक्रमले पुष्टि भइसकेको छ ।

बलात्कारका घटनासँगै दोस्रो स्थानमा लागूऔषधको मुद्दा रहेको छ जसमा १ सय ७३ जना र कतव्र्य ज्यानको मुद्दामा १३ महिलासहित ९६ जना रहेको उनले बताए ।

झापामा महिला र पुरुषको छुट्टा–छुट्टै भवन रहेको छ ।

विगतमा एउटै भवनमा रहेका कैदीहरु केहीवर्षयताबाट महिलाको छुट्टै भवन निर्माण भएपछि पुरुष भने जीर्ण भवनमा नै रहदै आएका छन् ।

हाल कारागारमा ८७ महिला,४ बालबालिका र जीर्ण भवनमा ९ सय ३४ पुरुष रहेका छन् । पुरुष तर्फको भवनको क्षमता भने २ सय जनाको मात्र रहेको कारागारले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले ०७४।७५ मा १६ सय ८७ वटा अपराधका घटनामध्ये १ सय ३३ वटा बलात्कार र १ सय २६ वटा लागूऔषधका घटना दर्ता भएका थिए । त्यसैगरी ०७३।७४ मा ९९वटा बलात्कारका घटना दर्ता भएका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles