28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बाढीले सीमा स्तम्भ बगे, फेरी सिमा मिचिने डर

श्रावण २७, २०७४- बबई नदीले कटान गर्दा दशगजामा रहेका पाँचवटा सहायक सीमास्तम्भ बगेका छन् । बाढीले मुख्य सीमास्तम्भ ५८ को गुलरिया नगरपालिका–१० मस्जदियास्थित सहायक स्तम्भ बगाएको हो । वर्षेनी स्तम्भ बगिरहँदा सीमा पनि मिचिएको स्थानीयको गुनासो छ ।

०५१ सालको बाढीले ५८ नम्बर सीमास्तम्भ बगाएको थियो । पॉच वर्षअघि मस्जदीयामा रहेको ६७०/८ नम्बरको सहायक स्तम्भ बगाएको स्थानीय प्रशासनले जनाएको छ । स्थानीय सुवेदार यादवले नदीले स्तम्भ बगाएपछि  सीमा छुट्याउन समस्या भएको बताए । एक साताअघिको बाढीले कटानसँगै थप स्तम्भ पनि बगाएको छ । स्थानीय प्रशासन र प्रहरी टोलीले बुधबार सीमास्तम्भ बगेको क्षेत्र लटकनियाको अनुगमन गरे । टोलीमा प्रजिअ विष्णुबहादुर थापा, प्रहरी उपरिक्षक भरतबहादुर बोहोरालगायत सहभागी थिए । प्रजिअ थापाले सीमास्तम्भ बगाएको ठाउ‘ निरीक्षण गरि प्रतिवेदन बुझाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको बताए ।

गुलरिया–१० मस्जदीयाका लक्ष्मण मल्लाह दुई ठूला र तीन साना सीमा स्तम्भ बगिसकेको बताउँछन् । बाढीपछि नदीले यस क्षेत्रमा खेतीयोग्य जमिन बगाउदै आएको छ ।

रत्नापुरका सुवेदार यादवले एक साताको अबधिमा करिब पचास विघा जग्गा कटान भइसकेको जानकारी दिए ।  ‘कटान गर्ने क्रम जारी छ,’ उनले भने,‘ठूलो बर्षा भए लटकनिया गाउ‘ नै बगाउने जोखिम छ ।’ २०४०भदौ मा आएको भिषण बाढीले नदीको धार परिवर्तन गर्नुका साथै सिमा स्तम्भ नम्बर ८७ र ८८ बगाएको थियो ।

हालसम्म बगाएका सिमा स्तम्भको खोजी वा पुन:निर्माणका लागि सरकारले पहल नगरेको स्थानीयको गुनासो छ । बर्दियासँग ८० किमि भारतीय सीमा जोडिएको छ । यहाँका ४७, ४९, ५८, ६५, ८१, ८७ र ८८ मूख्य सीमा स्तम्भ मर्मत र पुन:निर्माण नभएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले जनाएको छ । बढैयाताल गाउ‘पालिकास्थित जमुनीको सीमा क्षेत्रदेखि राजापुर नगरपालिकासम्म ४१ देखि ९८ नम्बरसम्मका स्तम्भ छन् । सीमा स्तम्भ मर्मत र पुन:निर्माणमा सरकारले चासो नदेखाएका कारण नेपाली भूमि मिचिदै गएको स्थानीयको बुझाई छ । प्रजिअ थापाले बगेका र अन्य सीस्तम्भको अभिलेख राखेर केन्द्रमा पठाइएको बताए ।

 

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles