26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

खुकुरी प्रहारबाट श्रीमतीको हत्या

रोल्पा, कार्तिक ८, २०७५ ।

श्रीमानको खुकुरी प्रहारवाट रोल्पामा एक महिलाको मृत्यु भएको छ ।

पश्चिम रोल्पाको गंगादेव गाउँपालिका वडा नं.५ पाखापानीका ३९ वर्षिया देबिसरा सार्कीले ४३ बर्षिय श्रीमान शुकलाल सार्कीको खुकुरी प्रहारवाट ज्यान गुमाएकी हुन ।

अभियुक्त सार्कीको केही समययता मानसिक सन्तुलन समेत ठिक नभएको प्रहरीले जनाएको छ ।

बेलुका सुत्ने समयमा घरायसी विवाद भएपछि सार्कीले श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरेको वताइएको छ । खुकुरी प्रहार पछि देविसराको घटना स्थलमै मृत्यु भएको थियो ।

सन्कि स्वभावका शुकलालले पछिल्लो समय सामान्य विषयमा समेत बिवाद गर्ने गरेको वताइएको छ ।

मृतक सार्कीको लास पोर्टमार्टमका लागि सदरमुकाम लिवाङ स्थीत जिल्ला अस्पताल ल्याइएको छ ।

आमाको मृत्यु पछि सार्कीका ३ छोरा र ४ छोरीको दैनिक जीवन यापनमा समस्या देखिएको छिमेकीले वताएका छन ।

मृतकको माईती आउन ढिला गरेकाले पोष्टमार्टमका लागि लास सदरमुकाम ल्याउन ढिलाई भएको छिमेकीले वताएका छन ।

अभियुक्त सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानमा लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घटना स्थल जिल्ला सदरमुकाम लिवाङवाट करिव २८ कोष पश्चिम सल्यान जिल्लाको सिमा क्षेत्रमा पर्दछ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles