22.8 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

उपत्यकामा दिउँसो मालबाहक ट्रक चलाउन नपाइने

काठमाडौँ, साउन २७ गते ।  आगामी भदौ १ गतेदेखि काठमाडौँ उपत्यकाको चक्रपथमा मालबाहक सवारीसाधन चलाउन नपाइने भएको छ ।  यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखा मालबाहक सवारीसाधनलाई बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालनमा रोक लगाउने अन्तिम तयारीमा जुटेको छ ।
सहज ट्राफिक व्यवस्थापन, सहज आवागमन र सडक दुर्घटनामा न्यूनीकरण गर्न रोक लगाउनुपरेको विभागले जनाएको छ ।  व्यवसायीसँग शुक्रबार छलपल गरी सो निर्णय गरिने भएको छ ।  खानेपानी तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने बाहेक ट्रक, ट्रिपर र मिनी ट्रकलाई रोक लगाइने भएको छ ।  वातावरणीय प्रदूषणलाई पनि ध्यानमा राखेर यस्तो निर्णय गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
रोक लगाइएको मालबाहक सवारीलाई उपत्यका छिर्ने नाकामा पार्किङको व्यवस्था गरिएको छ ।  पृथ्वी राजमार्ग भएर उपत्यका छिर्ने मालबाहक सवारीलाई नौबीसेमा पार्किङको व्यवस्था गरिने छ ।  बीपी र अरनिको राजमार्ग भएर आउने मालबाहक सवारीलाई बनेपामा र दक्षिणकाली भएर आउनेलाई चोभारमा पार्किङको व्यवस्था गरिने विभागले जनाएको छ ।  त्यस्तै नुवाकोट हुँदै आउने मालबाहक सवारीलाई झोर महाङ्कालमा पार्किङको व्यवस्था गरिने छ ।
भदौ १ गतेबाट तोकिएका मालबाहक सवारीसाधन चक्रपथमा सञ्चालन गरिएको पाइएमा यातायात व्यवस्था अनुसार पाँच हजार रुपियाँसम्म जरिवाना गरिने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles