31.6 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

बलात्कारीलाई सर्वस्व सहित आजिवन कारावास हुनुपर्छः साँसद पहारी

पोखरा , आश्विन २०, २०७५ ।

गण्डकी प्रदेशका साँसद राजिव पहारीले बलात्कारीलाई सर्वस्व सहित आजिवन कारावास सजायको व्यवस्था हुनुपर्ने बताएका छन् ।

लेकसाइड डोजाङ्गद्वारा शनिबार पोखरामा आयोजित आत्मरक्षा सम्बन्धि एक महिने निःशुल्क तालिमको समापनका अवसरमा बोल्दै पहारीले बलात्कारीलाई कडा कारवाहीको नियम नबनाएसम्म अपराधिहरु सक्रिय भइरहने बताए ।

उनले पछिल्लो समय समाजमा हिंसात्मक घटना बढ्दै उल्लेख गरे ।

दिनहुँ जसो भइरहेका बलात्कारका घटना सामाजिक अपराध भएको भन्दै यसमा सरकारलाई दोष लगाइरहन उचित नहुने तर्क प्रस्तुत गरे ।

सोही अवसरमा साँसद पहारीले तालिम सम्पन्न गरेका सहभागिहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराईले महिलाहरुलाई दिइने आत्मरक्षा सम्बन्धि तालिमले महिलाहरु आफुमाथि हुने अपराधबाट जोगिन सहयोगी हुने बताइन् । उनले यस्तो तालिम ठाउँ ठाउँमा सञ्चालन गरिनुपर्नेमा जोड दिइन् ।

डोजाङ्ग प्रमुख प्रितम कुँवरको अध्यक्षतमा भएको कार्यक्रम तेक्वान्डोका अग्रज खेलाडी राजन पौडेलले सञ्चालन गरेका थिए ।

सो अवसरमा डोजाङ्गमा सहभागि विद्यार्थीहरुले आत्मरक्षा सम्बन्धि प्रस्तुती गरेका थिए भने डोजाङ्गका नियमित विद्यार्थीको पेटी परिक्षा पनि गरिएको थियो ।

सोही समारोहविच डोजाङ्गका विद्यार्थीहरुका लागि दिइएको तीन महिने ज्यामनाष्टिक तालिममा समापन गरिएको थियो ।

प्रदिप परियारले उक्त तालिम प्रदान गरेका थिए । तालिममा विभिन्न विद्यालका झण्डै ९० विद्यार्थी सहभागि थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles