16.7 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

वेसीशहर बजारमा बिहानै घोरल फेला, जंगलमा छाडियो

लमजुङ , आश्विन २०, २०७५ ।

लमजुङको जिल्ला सदरमुकाम बेसीशहर बजारमा विहान जंगली जनावर घोरल जंगलमा लगेर छाडिएको छ ।

बेसीशहर नगरपालिका– ७ स्थित स्कूल चोकमा त्यो जनावर फेला परेको हो ।

एउटा घर कम्पाउण्मा देखिएको उक्त घोरलको सुरुमा पहिचान हुन सकेको थिएन ।

त्यसपछि गाउँलेले जिल्ला स्थित बन डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा खबर गर्ने काम गरे ।

प्रहरी सहित बरिष्ठ बन अधिकृत मोहन काफ्लेको टोलीले उक्त जनावर घोरल भएको पहिचान गरेको हो ।

त्यतिबेलासम्म जिल्ला प्रहरी कार्यालयमा टोली पनि आइपुग्यो । प्रहरी र बन कार्यालयको टोलीले त्यस घोरललाई सुरक्षित तवरबाट समातेर त्यसको चार खुट्ट बाध्ने काम गरीयो बरिष्ठ बन अधिकृत मोहन काफ्लेले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, त्यसरी समातिएको घोरललाई सुरक्षित तरिकाले बेसीशहर नगरपालिका– ६ स्थित शान्ति सामुदायिक बनमा प्रहरी, पत्रकारहरू र गाउँलेको रोहबरमा मुचुल्का गरी छाड्ने काम गरियो ।

त्यसको उमेर करिब एक वर्षको रहेको अनुमान गरिएको काफ्लेले बताउनु भयो । उहाँका अनुसार तन्दुरुस्त थियो, समाएर खुट्टा बाध्ने क्रममा पनि ५÷६ जनाले लडाउनु परेको थियो, निकै बलियो रहेछ ।

त्यो बथानबाट छुटेर वा कसैले लखेटेका कारणले आएको हुन सक्छ, विरामी वा घइते अवस्थाको जस्तो लागेन काफ्लेले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले जंगलमा छाड्ना साथ उफ्रिदै जंगलमा पसेर एकैछिनमा अलप भयो, हामी फर्कियौँ ।’
फोटो पनि छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles