25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

अतिक्रमण हटाउँदै वीरगञ्ज

वीरगञ्ज , आश्विन १७, २०७५ ।

वीरगञ्ज महानगरपालिकाले सडक, पेटी अतिक्रमण गरी बनाएको घर टहरा तथा जथाभावी राखिएका सामान हटाउने कार्य अघि बढाइएको छ ।

अस्तव्यस्त वीरगञ्जलाई व्यवस्थित गर्न नागरिकस्तरबाट शुरु गरिएको ‘व्यवस्थित वीरगञ्ज’ शहर अभियानको पहलमा सडकको अतिक्रमण हटाउने कार्यको थालनी गरिएको हो ।

सडक पेटीमा जथाभावी टहरा निर्माण गर्ने, पुराना गाडीलगायत सामग्री राखेर आवागमन ठप्प पारेपछि अभियान सञ्चालन गरिएको अभियानका संयोेजक दिलीपराज कार्कीले राससलाई बताउनुभयो ।

सडक अतिक्रमण गरेर जथाभावी सामान थुपारिँदा सवारी सञ्चालनमा अवरोध हुन थालेपछि अभियानको पहलमा महानगरपालिका, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायसमेतको सहकार्यमा सामग्री जफत गरी कारवाही गर्न थालिएको हो ।

बुधबार वीरगञ्जको बाइपास सडकखण्डअन्तर्गत बसपार्कदेखि ब्रह्मचोकसम्मको सडकमा भएको अतिक्रमण हटाइएको छ ।

संयुक्त टोलीले वीरगञ्जको बाइपास सडकमा बसपार्कदेखि उत्तरतर्फ अतिक्रमण हटाएको प्रहरी उपरीक्षक रेवती ढकालले बताउनुभयो ।

पटकपटक सूचना गरेर त्यस्ता सामान हटाउन अनुरोध गर्दा पनि व्यवसायीले अटेर गर्दै आएपछि सो अभियान थालेको बताइएको छ ।

यसरी सडकबाट उठाइएका गाडी बसपार्कमा, अन्य सामग्री नेशनल ट्रेडिङमा राख्ने गरिएको र निर्माण सामग्रीहरु लगेर सडकका खाल्डाखुल्डी पुर्न महानगरपालिकाले प्रयोग गरेको छ ।

सामान धनीले आफैँ सामान नहटाएपछि जफत गरी जरीवाना असुल गर्न थालिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

महानगरपालिकाले जफत गरेको सामग्रीबाट ४० हजारभन्दा बढी जरिवाना असुल गरिसकेको छ । त्यसैगरी छाडा पशु चौपाया नियन्त्रण अभियानबाट पनि ४० हजार जरिवाना उठिसकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले राससलाई जानकारी दिनुभयो ।

यो अभियानका कारण यातायात तथा पैदल यात्रुलाई आवागमनमा सजिलो भएको नगरवासीको भनाइ छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles