26.2 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

तराई मधेशमा जितिया पर्वको रौनक

वीरगन्ज , आश्विन १६, २०७५  ।

पर्सा सहित मधेशका विभिन्न जिल्लामा थारु समुदायका महिलाहरुले जितिया पर्व मनाइरहेका छन् ।

विशेष गरी थारु, मैथिलीभाषी र भोजपुरीभाषी महिलाहरुले निकै महत्वका साथ मनाउने यो पर्व मनाउने गर्दछन् ।

यो पर्वलाई तराई मधेशका तीज पनि भन्ने गरिएको छ । देशभरका मधेशी र थारु समुदायकी महिलाहरुका लागि पवित्र मानिने यो पर्व ३ दिनसम्म मनाउने गरिन्छ ।

मंगलबार बिहान सुर्य उदाउनु अघि नै नुहाइधुवाइ गरेर महिलाहरुले व्रत लिने गर्छन्। विशेष गरी आफ्नो सन्तानका लागि आमाहरुले यो पर्व मनाउँछन् ।

व्रत बस्नु अघिल्लो दिन सोमबार भने व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको

तेलसहितका पदार्थ चढाउने गर्छन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका थिए ।

त्यसैकारण त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

काठमाण्डौ उपत्यका सहित तराईका विभिन्न जिल्लाहरुमा मधेशी तथा थारु समुदायका महिलाहरुले जितिया पर्व निकै धुमधामका साथ यो पर्व मनाइरहेका छन् ।

सन्तानको दीघार्यु र सुस्वास्थ्यको कामना तथा शिशुलाई मृत्युबाट जोगाउन यो पर्व मनाउने परम्परा छ ।

आश्विन कृष्णपक्षको सप्तमीदेखि सुरु हुने जितिया पर्व नवमीसम्म मनाउने गरिन्छ । उनीहरु जितियाँको अघिल्लो दिन नजिकको इनार, जलासयमा स्नान गरेर जितियाको सुरुवात गर्ने गर्दछन् ।

मधेशी थारु समुदायका महिलाहरुले जितियाको अघिल्लो राति ओटघन (दर) खाई ब्रत बस्ने गर्दछन् ।

विशेष गरी यो दिन उनीहरु जितमहानको कथा सुन्ने गर्दछन् ।

जितिया पर्वमा जितमहानको कथा सुन्नलाई विवाहित महिलाहरु जाने गर्दछन् ।

जितमहानले गुफा भित्र छिर्ने र निस्कने खेलमा आफ्नो बुवाको नाम थाहा नपाउदा साथीहरुसँग पराजित भएर बुवालाई भेटन जाँदा सुर्य देवता साक्षात्कार भइ वरदान दिएको धार्मिक कथन रहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles