40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

सवारी दुर्घटनामा पैदलयात्रुको मृत्यु

काठमाडौँ , आश्विन १६, २०७५  ।

सुकेधारामा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।

गएराति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारी साधनले पैदलयात्रुलाई ठक्कर दिँदा काठमाडौँ मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो ।

सवारी साधनको ठक्करबाट गम्भीर घाइते मैनालीको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

दुर्घटना गराउने सवारी साधनसहित चालक फरार रहेकाले खोजी भइरहेको महाशाखाले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles